ईतिहाँसमै पहिलो पटक नेपालको राजधानीबाट अस्ट्रेलीयाको राजधानी क्यानबेरा नेपाल एयरलाईन्सको जहाज आउने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४:५५ बजे काठमाडौँबाट क्यानबेराको लागि उडान तय भएको छ।
नेपालमा कोभिड १९ (कोरोना भाईरस) कारण फसेर बसेकाहरुको अष्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका पिआरधारी नेपाली नागरिकसहित २५० भन्दा बढी दूतावासले जहाज चाटर्ड गरी लैजान लागेको हो।
यस अघि मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै चैत १९ मा ब्रिसबेन र वैशाख २४ मा सिड्नी चाटर्ड फ्लाईट गरि सकेको छ।