eNepal

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको शव रुखमा झुण्डिएको अवस्थामा फेला

कोरोना भाइरस नियन्त्रणका लागि निरन्तर सेवामा खटिरहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारी मृत अवस्थामा भेटिनुभएको हो । 

४६ वर्षीय भण्डारी आइतबार साँझ घरनजिकैको बारीमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको स्याङजा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले देखेपछि आफुहरुलाई खबर गरेका थिए । 

करिब एक वर्षअघि देखि भण्डारी गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुनुहुन्थ्यो ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal