eNepal

न्युजिल्याण्ड कोरोना भाइरसबाट सङ्क्रमण मुक्त

न्युजिल्याण्ड कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको छ । अधिकारीहरुले सोमबार सङ्क्रमित अन्तिम बिरामी निको भएर घर फर्केको बताउँदै सङ्क्रमणमुक्त भएको जनाएको छ । न्युजिल्याण्डको अस्पतालमा कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको एउटै बिरामी छैन् । 

बीबीसीका अनुसार दुई साता अघि फेला परेका नयाँ सङ्क्रमित सोमबार उपचारपछि फर्केका छन् । जसिन्दा आर्डेन नेतृत्वको सरकारले सामाजिक दूरी पालना सम्बन्धी प्रतिबन्धलाई खुकुलो बनाउनेबारे छिट्टै निर्णय लिनेछ । न्युजिल्याण्डमा केही साताका लागि अत्यन्तै कडाइका साथ लकडाउन गरिएको छ । लकडाउन र सामाजिक दूरी कडाइपूर्बक पालनाले महामारी नियन्त्रणमा आउन सकेको हो । 

न्युजिल्याण्डमा एक हजार ५०४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो भने २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको हो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal