eNepal

स्वास्थ्यकर्मी भन्छन् रिपोर्ट नआईन्जेल भगवान भरोषा

कोरोना सङ्कटमा सबैभन्दा बढी जोखिम लिएर अग्रभागमा खट्नेमा स्वास्थ्यकर्मीहरु पर्दछन् । हुनत मन्दिर, मस्जिद, चर्च सबै बन्द भएको अहिलेको अवस्थामा विश्वका कतिपय स्थानमा चिकित्सकहरुलाई नै ‘भगवान्’ को सङ्ज्ञा दिएको समाचार पनि सुनिन्छ ।

तर कोरोना सङ्कटविरुद्धको नेपालको अहिलेको लडाइँमा चिकित्सकहरु अघि देखिए पनि उनीहरुसँगै रहने नर्स, ल्याबमा कार्यरत अरु स्वास्थ्यकर्मीको भूमिका पनि कम छैन । अझ सबैभन्दा बढी त प्रयोगशालामा रातदिन खटिरहेका ल्याव टेक्निसियनहरुको भूमिका रहन्छ ।

कोरोना सङ्क्रमण भए नभएको जानकारीका लागि गरिने परीक्षणको स्वाब सङ्कलनदेखि रिपोर्ट आउने दिनसम्म प्रत्यक्ष संलग्न रहन्छन् उनीहरु । यस कार्यमा धौलागिरि अस्पतालका १२ र स्वास्थ्य कार्यालयका एक गरी १३ जना ल्याब टेक्निसियन निरन्तर खटिएका छन् ।

अहिले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका ल्याव टेक्निसियनसमेत स्वाब सङ्कलन तथा आरडिटी परीक्षणको काममा खटिएका छन् । उनीहरु कोरोना भाइरस सङ्क्रमणको अहिलेको अवस्थामा बागलुङ जिल्लाभर स्वाब सङ्कलनको काममा रातदिन खिटिरहेका छन् ।

विश्वव्यापीरुपमा फैलिरहेको यो महामारीको यस अवस्थामा कार्यरत उनीहरुले कोरोना रिपोर्ट नआउन्जेलसम्म भगवान् सम्झेर बस्ने गरेको अनुभव सुनाउँछन् । स्वाब सङ्कलनमा हिँडेको स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीको पेशागत दायित्वदेखि जीवन सुरक्षासम्मको अनुभूति सङ्गाल्ने मौकासमेत आएको स्वास्थ्यर्कीको प्रतिक्रिया छ ।

बागलुङमा चैत दोस्रो साता नै कोरोना सङ्क्रमण देखिएकाले बागलुङ शुरुदेखि नै चर्चामा रहँदै आएको हो । दुईजनालाई सङ्क्रमण मुक्त बनाएर घर पठाएको बागलुङस्थित धौलागिरि अस्पताल सबैको प्रशंसाको पात्रसमेत बनेको छ । आइतबारसम्म धौलागिरि अस्पतालमा १७ सङ्क्रमितले उपचार गराइरहेका छन् भने सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । बागलुङमा पाँचौँ र छैटौँ सङ्क्रमित देखिएपछि चैतबाटै बागलुङका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु अहोरात्र स्वास्थ्य सेवामा खटिनु परेको थियो ।

स्वास्थ्यकर्मीले पर्याप्त स्वास्थ्य सुरक्षाको अभाव तथा विभिन्न समस्याका बाबजुतसमेत स्वाब सङ्कलनमा खटिरहेको अनुभव सुनाउँछन् । पिपिइ लगाएरै स्वाब सङ्कलन गरे पनि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार सुरक्षित भएर स्वाब सङ्कलन गर्न नसक्दा यसको रिपोर्ट नआउन्जेल ढुक्क हुने अवस्था नरहेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन अफिसर डिल्लीप्रसाद आचार्यले बताउनुभयो ।

(रासस)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349