eNepal

मेल्बोर्नमा ओसम-३को तयारी तिब्र,कबवेभ र रोहीतजङ् क्षेत्रीको साथमा एके -४७को प्रस्तुती रहने

नेपाली साङ्गीतीक व्यान्डहरुको बिचमा सदाबहार गीतहरु भन्दा फरक सैलीको हार्ड रक सैलीको गीतलाई प्राथमीकता दिदै करिव सन १९९१ तिर एउटा हाड रक व्यान्डको जन्म भयो जसको नाम हो नेवाज।नेवाजलाई पुर्णता दिदै सन् १९९२मा “अन्जान” नामक पहिलो एल्वम नेपाली सङ्गीत प्रेमीहरुलाई लिएर आयो नाम दियो व्यान्ड कबवेभ।दिवेश मुल्मी र महेस भएर शुरुवात गरेको कबवेभ जसमा सुनील शाक्य,निलेस जोशी र सिद्धार्थ दाख्वाको समुह रहेका छन्! अङ्ग्रेजी व्यान्ड आईरन् म्यान, रोलीङ स्टोनवाट प्रेरीत भएर नेपाली हाड रक गीत गाउँदै नेपाली साङ्गीतीक आकाशमा जम्न पुग्यो।

image

पहिलो म्युजीक भिडीयो मार्यो नि मार्यो जसलाई ईमेज च्यानलले बनाएको थियो।यहि गीतले कबवेभलाई उचाईमा पुर्याउन सफल रह्यो जसले सर्वोत्कृष्ट म्युजीक भिडोयो र सर्वोत्कृस्ट भिडोयो निर्देशकको अवार्ड हात पार्न सफल भएको थियो। यसलाई निर्देसन गरेका थिए सहेन्द्र श्रेस्ठले।त्यस पछि मर्सिटीज वेन्जमा, प्रितको नसा जस्ता धेरै लोकप्रिय गीतहरु नेपाली दर्शक श्रोतालाई दिएका थिए। सन् २०१०मा गाएको नमस्ते बोलको गीतले झन् यो व्यान्डलाई उचाईमा पार्न सफल रह्यो।आफ्नो गृहनगर पाटनमा सङ्गीत बिधालयमा आबद्द कबवेभ हाल त्यही बिधालयबाट गीत,सङ्गीतका बिधार्थीहरुलाई तालीम दिनमा व्यस्त रहेको छ।कबवेभको आगमनले नेपाली रक सङ्गीतलाई उचाईमा लान मद्दत गरेको छ भने नेपाली सङ्गीतमा पप रकको बिजारोपणपनि कबवेभबाट भएको भन्दा उपयुक्त होला।यही पुरानो व्यान्डले प्रत्यक्ष रुपमा आफ्ना फ्यानहरुलाई प्रस्तुती दिने छ।

image

ओसम-३का लागि अर्का गायक हुन रोहीतजङ् क्षेत्री। यी युवा गायक अहिले नेपालीहरु माँझ ज्यादैनै लोकप्रीय नाम रहेको छ। आफ्नो मिठो स्वरको जादुले लट्ठ बनाउन सिपालु यी गायकको बिस्तारै एल्वमको टाईटल गीत “बिस्तारै” ज्यादैनै लोकप्रीय गीत हो। यसको अलाबा पानी पर्यो, सान्नानी जस्ता धेरै गीतहरु युवाहरुमाँझ लोकप्रीय रहेका छन्।

image

ओसम-३को लागि प्रस्तुती दिने अर्को व्यान्ड हो एके-४७ जुन भर्खरै मात्र बनेको स्थानीय व्यान्ड हो। कुमार महर्जन र अमीत प्रधान आबद्द एके-४७ले आफ्नो रकिङ प्रस्तुती दिने भएको छ।

२४ जुलाई आईतबार हुने यो कार्यक्रमको लगभग सबै तयारी सकिसके छ।मेल्बोर्नको ट्याक लाईभ लन्ज बारजहाँ यो भन्दा अगाडी बिपुल क्षेत्री साँझ र बजाउँछ अस्ट्रेलीया एड्ज व्यान्ड र यम बुद्दको साथमा सफल कार्यक्रमहरु भएको थियो। यो कार्यक्रमलाई बिराज सिङ खड्काले होस्ट गर्दैछन् भने कलाकारको प्रस्तुती पछि करिव दुई बजे सम्म डिजे नाईट हुने भएको छ।

Related posts

आइडिया स्टुडियोको सिजन ५ को ‘ड्रिम राउन्ड’ शुरु, उत्कृस्ठ ३० मा पर्न सफल भयो एल्को

enepal

अमेरिकामा रङ्गभेदी आन्दोलनले उग्र रुप लिदै

enepal

रुकुममा भएको दर्द्नाक घटना कि पात्र बहिनी लाई दिदिको सुझाव

enepal

एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाले होली म्युजिकल कन्सर्ट गर्दै !!

enepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

enepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349