eNepal

दुई महिनादेखि माल्दिभ्समा ७ नेपाली अलपत्र

जेठ २५ काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को कारण अन्तर्राष्ट्रिय उडान लगातार रुपमा अवरुद्ध भएपछि माल्दिभ्समा ७ नेपाली अपलत्र परेका छन् ।

५० दिन अघिदेखि नेपाल आउन चाहेर पनि उनीहरु आउन नसकेका हुन् । सातै नेपाली अहिले माल्दिभ्सको राजधानी मालेको एक होटलमा बसिरहेको सन्तोष मगरले बताए ।

मगर मालेमा सवारी चालकको रुपमा काम गर्छन् । उनका अनुसार सातैजना नेपाली दुई वर्षअघि सुरक्षागार्डको जागिरका लागि माल्दिभ्स गएका थिए । उनीहरुको कम्पनीसँगको सम्झौता ५० दिनअघि सकिएको हो ।

उनीहरुलाई त्यहाँ कम्पनी ‘एक्सकप्स सेक्युरिटी सर्बिसेस एन्ड सोलुसन’ले दुई वर्षअघि लगेको थियो । उनीहरुको सम्झौता मार्चमा सकियो र त्यो लगतै कोरोना भाइरसको कारण लकडाउन भएपछि समस्या भएको हो । सम्झौता सकेपछि कम्पनीले उनीहरुप्रति कुनै पनि जिम्मेवारी वहन नगर्ने भएपछि समस्यामा परेका हुन् ।

यसरी अलपत्रमा पर्ने नेपालीहरुमा कन्चनपुरस्थित पुनर्वासका चन्दु थापा, रेशम तामाङ र विश्वास तामाङ छन् । नेपालगन्जका दिनेश मल्ल र दिपक मल्ल छन् । यस्तै, लमजुङका आनन्द सेढाई र धरानका विष्णु राना मगर छन् ।

सन्तोष मगरका अनुसार उनीहरुलाई माल्दिभ्समा रहेका नेपालीहरुले बस्नका लागि सहयोग गरिरहेको बताए । ‘ती भाइहरु र अन्य नेपालीहरुले पनि माल्दिभ्सलाई हेर्ने श्रीलंकास्थित नेपालको राजदूतावासमा सम्पर्क गर्दा पनि वास्ता गरिएको छैन,’ उनले भने,‘ती भाइहरु साँच्चै संकटमा छन्, छिटो उद्धार गर्नु पर्‍यो ।’

माल्दिभ्समा अहिले करिब ६ देखि ८ हजारसम्म नेपालीहरु विभिन्न पेसामा काम गरिरहेका छन् । समुद्री टापुहरुको मुलुकका रुपमा चिनिने माल्दिभ्सका करिब दुई सय टापुमा मानिसहरु बसोबास गर्छन् । अलपत्र परेका नेपालीहरुलाई भेट्नका लागि पनि गाह्रो रहेको मगरले बताए । ‘बाहिर निस्कनेबित्तिकै त्यहाँको एक हजार जरिवाना गर्छ । त्यो भनेको नेपालको करिब ७ हजार हुन्छ । त्यसले गर्दा पनि बाहिर निस्कन सकिएको छैन,’ उनले भने,‘इन्टनेटमार्फत मात्र उनीहरुसँग सम्पर्क भएको छ ।’

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने भनेर १५ वटा प्राथमिकरण गरेको छ । तर माल्दिभ्सका नेपाली नागरिकलाई उद्धार गर्ने सम्बन्धमा भने हालसम्म कुनै जानकारी नभएको मगरले बताए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई ल्याउने क्रममा शुक्रबार म्यान्मारबाट २६ र यूएईबाट १ सय ६८ जनालाई भित्र्याएको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal