eNepal

सरकारले अभिभावकत्व बहन नगरे खर्बौ लगानी डुब्ने: पर्यटन ब्यवसायी

२५ जेठ काठमाडौं । पर्यटनसँग सम्बन्धित व्यवसायीले राज्यले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै यस क्षेत्रको खर्बौं रुपैयाँको लगानी डुब्नेतर्फ सचेत गराएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमा थुप्रै गन्थन समेटेको भएपनि पर्यटनलाई भने निकै कम प्राथमिकता दिएको छ । पर्यटन व्यवसायीले मर्माहत, आक्रान्त र निरास बनाएको बताएका छन् ।
कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको पर्यटन व्यवसायको पुर्नस्थापना गर्न विस्तृत रुपमा ठोस नीति तथा कार्यक्रम आओस् भन्ने अपेक्षा गरिएको भन्दै वयवसायीले सरकार त्यसबाट चुकेको बताएका हुन् । पर्यटनसँग सम्बन्धित एक दर्जन संघसंस्थाले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो गुनासो गरेका हुन् ।
नेपाल सरकारले सदनमा प्रस्तुत गरेको आव २०७७/०७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कुनै पनि ठोस नीति तथा कार्यक्रम नआएको व्यवसायीको भनाई छ । देशको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले वेवास्ता गरेको व्यवसायीको भनाई छ ।

नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा अर्वौको थप लगानी गरेको उनीहरुको भनाई छ । पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने, शिथिल भैसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनस्र्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनु पर्ने उनीहरुको भनाइ छ ।

महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीहरुलाई पुर्नउत्थान गर्ने कुनै पनि ठोस योजना घोषणा नगरिएको गुनासो व्यवसायीको छ ।

नेपाल सरकारको सबै नीति नियमहरु पालना गर्दै, करोडौंको कर राज्यलाई नियमित रुपमा तिर्दै आएका व्यवसायीलाई राज्यको यो व्यवहारले हतोत्सायी बनाएको उनीहरुको गुनासो छ । ‘महासंकटबाट बचाउन हारगुहार गरिराखेका पर्यटन व्यवसायीको बलियो सहारा बन्नबाट राज्य पछि नहटोस्,’ वयवसायीले भनेका छन् । यसले खर्बौंको लगानी डुब्ने र नेपालको समग्र पर्यटन उद्योग नै तहसनहस हुने खतरातर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवसायीको मागलाई बजेटले सम्बोधन गरिनु पर्ने समेत उनीहरुको भनाइ छ ।

Related posts

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Best Skrill and Neteller Casinos: A Comprehensive Guide

अविलास

Leading Gambling Establishments that Approve Neteller

अविलास

Online Live Roulette Bonus: A Comprehensive Overview

अविलास

Understanding Online Casino Bonuses

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349