eNepal

यात्रु चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ ।

प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख सचितभक्त पोखरेलले शनिबार साँझ सूचना जारी गर्दै आजैका मितिदेखि ट्राभल एजेन्सी र एयरलायन्सले सरकारलाई झुक्याएर गर्ने चार्टर उडानलाई रोक लगाएका हुन् ।

सरकारले चैत ९ गतेदेखि अन्तर्राष्ट्रिय र ११ देखि आन्तरिक व्यवसायिक उडानमा रोक लगाएको छ । तर, सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर उडानमा कडाई गर्न निर्देशन दिएको थियो ।

उच्च स्रोतका अनुसार, मन्त्रालयले शनिबारै प्राधिकरणलाई तत्काल कडाई गर्न भनेपछि प्राधिकरणले साँझ सबै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई सूचना पठाएको छ । प्राधिकरणले नेपालका लागि र नेपालबाट यात्रु चार्टर उडान गर्न धमाधम बुकिङ भइरहेको जानकारी प्राप्त भएको जनाउँदै टिकट बिक्री नगर्न नगराउन सूचना जारी गरेको हो । ‘मानवीय उद्धार गर्नुपर्ने नै भए सम्बन्धित मुलुकको दुतावासमार्फत् चार्टर उडानका लागि अनुमति माग भएमा मात्रै हुनेछ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर, एजेन्ट र एयरलायन्सले यो मौकामा मनपरी भाडा असुल्दै चार्टर गर्न रोक लगाइएको छ ।’

चैत यता १ सय १० वटा अन्तर्राष्ट्रिय चार्टर उडान भइसकेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349