एजेन्सी – जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा साविक विजेता बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४–२ कोसहज जित हासिल गरेको छ ।
खेलको सुरुवाती समयमा लेभरकुसनले घरेलु मैदान बे एरिनामा अग्रता लिएपनि त्यसलाई लामो समय जोगाउन भने सकेन । अर्जेन्टिनीफरवार्ड लुकास अलारियोले अफसाइड ट्रयाप बिट गर्दै १० औं मिनेटमा गोल गरेका थिए । उनले जुलियन बौम्गार्टलिंगरको पासलाईअगाडी बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गोलरक्षक म्यानुएल नोएरलाई बिट गरेका थिए ।
खेलमा लगातार दबाब कायम गरेपनि बायर्नले खेल बराबरी गर्न २७ औं मिनेटसम्म कुर्नुपर्यो । मिडफिल्डर लिओन गोरेट्जकालेमध्यभागमा बल खोस्दै खेलाएको थ्रु बललाई किंग्सले कोमानले वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए । बराबरी गोलमा असिस्टदिएका गोरेट्जकाले ४२ औं मिनेटमा आफैं गोल गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक लुकास ह्राडेच्कीको हातमालाग्दै गोल भएको थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा नै बायर्नले अग्रता दोब्बर पार्न सफल रहयो । मिडफिल्डर जोशुआ किमिचले आफ्नै हाफबाट खेलेकोलामो पासमा सर्ज जिनाब्रीले गोल गर्दै स्कोर ३–१ बनाए । जिनाब्रीले पहिलो टचलाई नै गोलरक्षक ह्राडेच्कीको टाउकोमाथिको दिशा दिँदैगोल गरेका थिए ।
दोस्रो हाफमा घरेलु टोलीले तीन खेलाडी परीवर्तन गर्दै आफ्नो खेल्ने शैली केहि रक्षात्मक बनाएको थियो । तर उक्त रणनीतिले बायर्नकोगोल गर्ने शृंखला रोक्न सकेन । ६६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नको अग्रता अझै फराकिलो पारे । उनले थोमस मुलरकोक्रसलाई हेडरमार्फत गोल गरेका थिए ।
- खेलको ८९ औं मिनेटमा घरेलु टोलीका लागि फ्लोरियन विर्टजले गोल गर्दै गोलअन्तर कम गरे । दोस्रो हाफमा मैदान छिरेका उनले अर्कावैकल्पिक खेलाडी पाउलिन्होको पासमा गोल गरेका थिए । थप समयमा गोल हुन नसक्दा बायर्नले सहज जित आत्मसात गर्यो ।
यस जितसँगै बायर्नले लिगको शीर्षस्थानमा पकड थप बलियो बनाएको छ । बायर्नको ३० खेलमा ७० अंक रहेको छ । यस्तै डर्टमुन्डले पनि जित निकाल्दै ३० खेल खेल्दै ६३ अंक जोड्दै दोस्रो स्थान बनाएको छ भने उपाधि होडबाट अझै केहि आश लाग्दो स्थितिमा भने देखिन्छ । अरबी लिपेजभने बराबरीमा रोकिएको छ…।