चितवन, जेठ २४–
भारतबाट करिब दुई साता अघि माडी आएका एक युवकको चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । माडीनगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।
उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकैक्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।