eNepal

“म भगवान हुन चाहाँन्छु !”

मलाई याद छ, सानोमा आमासँग मन्दिर जाँदा आमा भन्नू हुन्थ्यो” हातमा फुल समातेर ,भगवानको नाम लिएर ,चाहेको कुरा मागेस, पूरा हुन्छ” म माग्द्थे “भगवान गाई(किनकी मन्दिरको अगाडी गाई देख्दथे )आमा ले आज २ होईन ५ रुपैयाँ दिए हुन्थ्यो नि, मलाई आज पप अनि ढुंग्रो खान मन छ”। साचो बोलिदिन्थे म । भगवान पूरा नि गर्दिन्थे । अल्लि ठूलो भएपछि कक्षाकी एक केटि मन पर्थ्यो, उसैलाई माग्न थाले । तर उस्लाई मैले भन्न कैले पनि आंट गरिन ,आँट पनि नगरेको प्रेमलाई भगवानले वास्ता नि गर्ने कुरो भएन , माग पूरा हुने कुरा परै जावोस।

“यस्तै पाँच पाण्डवसँग सहवास गर्ने द्रौपदी र द्रौपदीसँग सहवास गर्ने पाँच पाण्डव नि त ती ३३ कोटि देव मध्येका केही नमुना हुन ।”जो जस्तो होस” भन्दै, ब्र्हमा र सरस्वती सम्झेर म मा फेरि भगवान बन्ने ईच्छा जाग्छ “

उसलाई मन पराए भनिन कुरो त्यत्तिमै सकियो । केटिहरु त उमेर संगै अरु पनि मन पर्दै गए,पराउदै गए। भन्न पो सकिन । म मन परे जति सँग चोखो माया गर्थे। केटाहरु जिस्काउथे यस्तो उस्तो भनी ,म भन्थे”म त्यस्तो केटा होईन ” । त्यस्तो पनि थिएन ,अहिले पनि छैन, हुन पनि चाहन्न। तर एउटा कुरा अझै सोच्ने गर्छु ,१६०० गोपिनी नचाउने, उनिहरुका भावनासँग खेल्ने , गोकुलका गाई चराउने गोपाल कसरी कृष्ण भगवान बने ? अनि सम्झिन्छु मलाई पनि त भगवान बन्नु छ। के यो साच्चै जरुरी छ त ? यस्तै पाँच पाण्डवसँग सहवास गर्ने द्रौपदी र द्रौपदीसँग सहवास गर्ने पाँच पाण्डव नि त ती ३३ कोटि देव मध्येका केही नमुना हुन ।”जो जस्तो होस” भन्दै, ब्र्हमा र सरस्वती सम्झेर म मा फेरि भगवान बन्ने ईच्छा जाग्छ ।

सानोमा पढाइ भनेपछी मेरो नाम कक्षामा पछाडिबाट लिन सुरु हुन्थ्यो तर ठूलो हुदा तै भगवानको टीकाले होला जुन निधारमा ठूलो आस्थाका साथ आमाको हातबाट थापेर “जय गणेश -जय गणेश,रगुपती रागव राजा राम, जय हनुमान ग्यानगुन सागर”,अनि गायित्री मन्त्र कयौं पटक जप्दै परीक्षा हलमा पस्दा नजानेका प्रश्न कमै देख्न थाले ।र मेरो नाम पनि रजिस्ट्रारमा उचाई चढ्दै गयो । फेल हुने , ७ वटामा ६ विषय लाग्ने म, पछि चौथो सम्म पुगे त्यो भन्दा अगाडि चाहिँ बढ्न सकिन किनकी भगवान संग मात्र माग्दथे, सायद गर्नुपर्ने जति मेहेनत गरिन, त्यसैले होला।अनि त के भगवानले पनि माया गर्न छाडे ।

“अहिले कहिले काहीँ पछुतो लाग्छ मेरो कारण कतिपय भ्रस्टाचारि नेता बाचे भनेर अनि थोरै गर्व पनि ” केहि त संगीतकार,कलाकार,अनि समाजसेवी थिए” ।कुनै समस्या पर्यो कि ईस्लाम, हिन्दु,ईसाई, र बौद्ध धर्म- प्रत्येकका एउटा-एउटा थाहा भएका मन्त्र एकैपटक प्रयोगमा ल्याउँथे, अनि उसो गर्दा आफुलाई अत्यन्तै बलियो महसुस गर्दथे”

भगवानको आस्था यति गडेको थियो नि कोहि ठूलो मान्छे टिभीमा बिरामी भएको सुन्दा समेत भगवान जपि दिन्थे। सन्चो भएको खबर सुन्दा त अझ मनैबाट गदगद हुन्थे “मैले भगवानलाई भनेर।” भन्दै । अहिले कहिले काहीँ पछुतो लाग्छ मेरो कारण कतिपय भ्रस्टाचारि नेता बाचे भनेर अनि थोरै गर्व पनि ” केहि त संगीतकार,कलाकार,अनि समाजसेवी थिए” ।कुनै समस्या पर्यो कि ईस्लाम, हिन्दु,ईसाई, र बौद्ध धर्म- प्रत्येकका एउटा-एउटा थाहा भएका मन्त्र एकैपटक प्रयोगमा ल्याउँथे, अनि उसो गर्दा आफुलाई अत्यन्तै बलियो महसुस गर्दथे । दुखी , गरिब,बिरामी , मृतक देख्दा त त्यो बेला बडो आस्थाका साथ “बुध्द्म सरणम् गछामी ” भनिदिन्थे किनकी उनिहरुलाई देख्नसाथ मलाई बुध्दको कथा कक्षामा पढेको याद आउथ्यो। म अबोध थिए, भगवान मलाई माफी दिउन ।

जति ठूलो भए त्यो भन्दा सय गुना धेरै भगवानको नाम सुन्दै गए । अझै पनि बेला बेला नयाँ भगवानको नाम सुन्छु अनि मुस्कुराउछु र आफैलाई भन्छु “मान्छे बाचुन्जेल सिक्ने प्रक्रिया जारी रहन्छ”।

मलाई आज, यथार्थको भगवान ,जसलाई म सानो छँदादेखि प्राथना गरिरहेछु , त्यस्तै हुन मन छ। म चाहन्छु मान्छे मेरो पुजा गरून। कोहि अस्पतालमा मर्न लागेको छ तर आफन्त आएर मेरो प्रतिमा अगाडि खुट्टा टेकेर हात जोडेर हजारौ नगद मैले लैजाने दान पेटिकामा राखिदिएर भनुन् ” हे भगवान! मेरो मान्छेले ससाँर ठग्यो , ठग्ने क्रममा सयौंलाई कुट्यो,कुट्ने क्रममा कयौंलाई मार्यो। अहिले रिसानी पक्ष आएर पेटमा छुरो रोपी दिए , अब यस्तो हुन्न भगवान, निको पार्दिनु पर्यो ” अनि म उक्त प्रतिमाबाट प्रकट भएर भन्न पाउँ कि ” सुन बालक , तिम्ले दिएको एकहजार घुषमा म एक अर्ब थपिदिउला , जाउ गएर ती पीडित अनि निर्दोषले खर्चेको समय अनि सपना फिर्ता गरिदेउ , तिम्रो मान्छेलाई ठिक पार्ने जिम्मा मेरो ।” आजकल सुन्छु १ रुपैयाँमा बिकाउ छ्न भगवान, म फरक हुन चाहन्छु ।तर मान्छेले सोच्ने नै भगवान हुन चाहन्छु!

म चाहन्छु, कुनै किसानले मेरो नाम जपी आकाशमा हेर्दा, म उसलाई उसले चाहे अनुसारको पानी,घाम अनि थाकेर आराम गर्दा उसलाई शितलता दिन पाउँ। गरिब, दुखिको घरमा म लगायत मेरो कोहि भगवान मित्र सरापिनु नपरोस, उनिहरुलाई म सधैं उनिहरुको मिहेनतको मेवा दिन पाउँ। ठग-धनीको मिहिनेती-गरिबलाई लुट्ने योजनामा म सधैँ बाधक बनेर असफल गर्दिन पाउँ । मैले प्राकृतिक सौन्दर्य मास्ने सोच उमार्ने मस्तिष्कमा मानसिक रोगको बीउ रोपिदिन पाउँ ।म सरस्वतीलाई उहाँको दिब्य किरण सबै स्तर, वर्ण,जात, इत्यादिमा समान रुपले छरिदिनुहुन भनी आग्रह गर्न पाउँ ।म चाहन्छु, म एक सर्व-शक्तिमान भगवान कहलिन पाउँ ।

म भगवान बने भने, म २१औं शताब्दीकै भगवान बन्नु पर्छ। मैले पनि ईन्टरनेट या अन्य संचार माध्यम बाट सेवा दिनु पर्छ

तर अब त्यस्तो भगवान चलदैनन् रे ।म भगवान बने भने, म २१औं शताब्दीकै भगवान बन्नु पर्छ। मैले पनि ईन्टरनेट या अन्य संचार माध्यम बाट सेवा दिनु पर्छ। र म तैयार छु । म सामाजिक संजालबाट नै मनुष्य जगतलाई दर्शन दिनेछु। जो कोहि मेरो शालिक सामु आउन सक्षम नहुन सक्छ, म उनिहरुलाई मेरा लाखौंमध्यको एक झकिझकाउ तस्बिर पठाएर,उक्त तस्बिर उसले १० या बढी ब्यक्तिलाई बाढेको खण्डमा म उस्को हरेक मनोकामना पूरा गर्दिनेछु। उसो गर्दा मलाई धेरैले चिन्ने छन, अनि मेरो प्रचार पनि राम्रो हुने मेरो अनुमान छ। १० जनालाई नपठाएमा असफल भइने त्रास फैलाउछु। सबैलाई थाहा भएकै कुरो हो, भगवानसँगको डरले नै आज सम्म धर्म टिकेको छ। अब त्यो मनुष्यले अरु १० जनामा तस्बिर नपुराएर सुख?

त्यस किसिमको प्रचारसंगै म स्वतन्त्र भएको महशुस गर्नेछु।अब मलाई मन्दिर, मस्जिद ,चर्च या गुम्बाको चार कुनामा कोप्चिएर भक्तको प्रतीक्षा गरिरहनु पर्दैन।मलाई घर-घर बाट बिद्धुतिय साधन मार्फत बोलावट आउँछ।मेरा कट्टर अनुयायी `धर्म-गुरु´ फोनको मार्फत मसँग कुरा गर्दै मानव जातीलाई उसको भबिस्यबाणीबारे बताउने छ्न । मेरा फोटो,लुगा, कपाल,ईत्यादि(सबै लेखिसक्नु छैन ) बेचिन्छ्न।यहाँ सम्म कि मैले चालेका पाईला पनि बेचिन्छ्न रे भगवान हुँदा। र, मेरो नाममा मोटो रकम संकलन हुनेछ । “मलाई पनि त, दिन दुई गुणा, र रात चौ-गुणा धन कमाउदै ब्रह्माण्डकै सबै भन्दा समृद्ध हुनु मन छ, त्यसैले त भन्छु `म भगवान हुन चाहन्छु´ !”

हरे कति भन्नू ए, यी पटमुर्खेहरुलाई “भगवान बिकाउ छैनन “भनेर! आज मैले यो लेखेको पढ्दा हाँस्ने धेरै छ्न, र मनमा लिने मान्छे हातका औंलाले गन्न सक्छु म। भगवानका लागि पैसाका पेटि चढाएर कुनै भगवान खुसि हुँदैनन्, न त चढाउने भक्त नै। यो त मात्र आत्मसन्तुष्टि हो जुन हामी अनाथ, वृद्ध , रोगी, अपांगका लागि खर्चेर प्राप्त गर्न सक्छौ। सायद भगवान यसबाट झन बढी खुसी हुन्छ्न जस्तो लाग्छ मलाई ।आफ्ना पेजमा लाईक अनि फलोवर बढाउने हेतुले फेसबुके,ट्युटे,ईन्स्टेहरु रोगी, गरिब, वृद्ध ,अनाथ बालबच्चाका फोटोलाई माध्यम बनाउछ्न। ती लेख या तस्बिर सेयर या कमेन्टमा ‘अमीन’ लेख्दा रोगी निको हुने,गरिब धनी हुने,बृद्ध जवान हुने भए, अस्पताल किन जान्छौ? आफ्नो फोटो फेसबुकका बालमा सेयर गर्दै बस।समय सगं नडराउ , फेसबुक खोल एउटा फोटो सेयर गर्देउ, समय तिम्रो लागि रोकिन्छ रे ,बूढो पनि हुदैनौ ! घरमा तिम्रा आमाबा बिरामी हुनुभयो ?? उहाँको फोटो राखेर ” अमीन ” लेखिदेउ,रोग चैट! आहा कति सजिलो।।

मैले सोचे जस्तो भगवानको ठाउँमा आफू उभि हेर। अनि सोच त, मन्दिरका द्वारमा मान्छेहरु वेदनाले छटपटाएको, रोएको, कराएको,विभिन्न आश देखेको अनि लोभ देखाई पुकारेको,आफू केही नगर्नेहरु तिमिलाई प्रलोभन देखाई काम गर्न कज्जाएको,जो पापी छ उसैले तिम्रो फोटो सजाएको,असफल हुदा तिम्रो दोष भनी थर्काएको,काम फत्ते हुदा- भोकाएकाको अन्न लुछी तिमिलाई चढाएको। के तिमीले सोचेको भगवान त्यैस्तै चाहन्छ्न त?यदि हो भने लागिपर्नु, होइनन भने छोडिदेउ यो ढोंगी रवाफ देखाउन।

“सेवा नै धर्म हो” भनी कोठाका भित्तामा होइन मन मा टासं । दुख पाएर छटपटाएकालाई सक्छौ बाटो देखाउ , सक्दैनौ हौसला देउ।कसैको असफलतालाई नगिजाउनु, किनकी असफल ब्यक्तिहरुले संसार थर्काको धेरै उदाहरण छ्न,बरु उनिहरु थाकेका छ्न भने हौसला देउ। अरुको खुसिमा आफ्नो खुसी देख”

भगवानको घर मन्दिर होइन तिम्रो सच्चा आत्मा हो।त्यसलाई सफा राख।त्यसलाई पुजागर्न लायक राख ।पुजा मुर्तिको होइन तिमिलाई अघि बढाउन सहयोग गर्ने ती ब्याक्तित्वको गर। पहिले आमाको गर।अझ संतुष्ट प्राप्त गर्न, रोगसँग लडिरहेका, उमेरले बाटो देखाईसकेका,कसैको स्याहार नपाई बिचलितहरुको सेवा गर। “सेवा नै धर्म हो” भनी कोठाका भित्तामा होइन मन मा टासं । दुख पाएर छटपटाएकालाई सक्छौ बाटो देखाउ , सक्दैनौ हौसला देउ।कसैको असफलतालाई नगिजाउनु, किनकी असफल ब्यक्तिहरुले संसार थर्काको धेरै उदाहरण छ्न,बरु उनिहरु थाकेका छ्न भने हौसला देउ। अरुको खुसिमा आफ्नो खुसी देख। ठिक छ पैसा कमाउनु छ भने कमाउ,तर आत्मा बेचेर होइन, मान्छे गुमाएर होइन। र, भगवान सम्झदा कल्पनामा कुदिएका मुर्ती या कोरिएका चित्र होइनन बरु आफ्ना सत्कर्म सम्झनु। आफुले गरेका गल्ती सच्चाउदै, म कारण मन दुखाएकालाई सके खुसी पार्दै नसके माफी माग्दै,मेरो सहयोग पुकारेकालाई सेवा गर्दै, आत्मा सफा राख्दै आज “म भगवान हुन चाहन्छु” ।।।

गोपाल सुवेदी

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349