eNepal

रोनाल्डो विश्वको नं १ अर्बपति फुटबलर बन्न सफल मेस्सि र नेयमार को स्थान कहाॅं:-

एजेन्सी, २४ जेठ पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकै पहिलो अर्बपति खेलाडी बनेका छन् अमेरिकन बिजनेसम्यागाजिनफोर्ब्सले सार्वजनिक गरेको धनी खेलाडीको सूचिको फुटबलतर्फ ३५ वर्षीय रोनाल्डो शीर्ष स्थानमा रहेका छन्

फोर्ब्सका अनुसार युभेन्टसका फरवार्ड रोनाल्डोले अघिल्लो वर्ष कर तिर्नुभन्दा अगाडि सय मिलियन अमेरिकी डलर कमाएका थिए, जसले गर्दा उनको कूल सम्पत्ति एक अर्ब भएको हो

रोनाल्डोले १७ वर्षे व्यवसायिक फुटबलबाट कूल सय ५० मिलियन डलर कमाएको बताइएको त्यसबाहेक सन् २०१६ बाटनाइकेसँग जोडिएका उनी धेरै ठूलाठूला ब्राण्डसँग पनि जोडिएका छन्

त्यसबाहेक आफ्नो गृृहनगर मडेइरामा सीआर७ म्युजियम, होटल खोलेका उनले त्यहाँबाट पनि कमाइ गर्छन् कोरोना भाइरसमहामारीका कारण भने उनलाई केही घाटा भएको थियो युभेन्टसले उनको ३० प्रतिशत तलब कटौती गरेको थियो भने कोरोनाप्रभावितलाई सहयोग पनि गरेका थिए

यसैगरी पाँच पटकका बालोन डीओर विजेता रोनाल्डो २०२० मा सर्वाधिक कमाउने सेलिब्रेटीको सूचिमा भने चौथो स्थानमा छन् यससूचीमा अमेरिकन मोडल केली जेन्नर शीर्ष स्थानमा छिन् भने अमेरिकाकै र्‍यापर केन्य वेस्ट दोस्रो स्थानमा छन्

तेस्रो स्थानमा टेनिस खेलाडी रोजर फेडेरर रहँदा रोनाल्डो चौथो स्थानमा आउँछन् यसैगरी पाँचौं स्थानमा भने अर्जेन्टिनी कप्तानलियोनल मेस्सी रहेका छन् बार्सिलोनाका स्टार खेलाडी मेस्सी सर्वाधिक धेरै कमाउने फुटबलरको सूचिमा दोस्रो स्थानमा छन्

फोर्ब्सका अनुसार ३२ वर्षीय मेस्सीले गत वर्ष सय मिलियन अमेरिकी डलर कमाएका थिए त्यसपछि आउँछन्, पेरिस सेन्ट जर्मेन(पीएसजी) स्टार नेयमार ब्राजिलियन स्टार नेयमारले अघिल्लो वर्ष ९५. मिलियन डलर कमाएका थिए

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

Manoj Poudyal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal