eNepal

जोरपाटी नारायणटारमा पसल खुल्ल थालेपछि चहलपहल बढ्यो

जेठ २५ काठमाडाैं ।  जोरपाटी तथा नारायणटारका पसल खुल्न थालेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन गत चैत ११ गतेदेखि जारी लकडाउनको ७६ दिन बितिसकेको छ । लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन् ।

आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन् । कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी बिनोद सापकोटाले बताए ।

‘हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौँ तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो’ उनले भने ।

जोरपाटी नारायणटार  व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्छन्- ‘भोकै पर्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौँ । सामाजिक दूरी कायम गरेका छौँ ।’

बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिन दिनै ऋणको भार थपिँदै गएको तथा परिवारसमेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ । अहिले सो क्षेत्रमा कपडा, जुत्ताचप्पल, बिजुली, हार्डवेयरलगायत पसल खुलेका छन् ।

 

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349