eNepal

कोरोन भाईरस नियन्त्रणको लागि माक्सको भुमिका उपयुक्त्त रहेको ठहर:-WHO

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका जारी गरेको छ।

मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई यसकाबिरामी नजिक, सार्वजनिक स्थान तथा भिडभाडमा जाँदा अनिवार्य मास्क लगाउन सुझाव दिएको हो।

यसअघि डब्लूएचओका विशेषज्ञ मास्कले कोरोना भाइरस रोक्छ कि रोक्दैन भन्नेमा दुविधामा परेका थिए।यसैकारण उनीहरूले सर्वसाधारण सबैले मास्क लगाउनुपर्छ भन्न सकेका थिएनन्।

तर अहिले कोरोना सर्ने नयाँ तरिका पत्ता लागेको भन्दै कोरोना संक्रमण सर्ने जोखिम स्थानमा जाँदा सबैलेअनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरेको हो।

डब्लूएचओका अनुसार कोरोनाका लक्षण देखिनुअघि पनि व्यक्ति संक्रमित भइसकेको हुन सक्ने अर्थात्संक्रमित भइसकेर पनि कसैमा कुनै लक्षण नदेखिने तथ्य पत्ता लागेको हो।

यसले गर्दा सबैसँग सबै ठाउँमा शारीरिक दूरी कायम गर्न नसकिने भएकाले स्वस्थ व्यक्तिमा कोरोनाभाइरस सर्न सक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबैलाई अनिवार्य रूपमा मास्क लगाउन आग्रहगरेको हो।

जस्तैः सवारीसाधनमा यात्रा गर्दा, बजार जाँदा अर्थात् घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्छ, जसले संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँदा गर्दा निकाल्ने थुकका छिटाबाट बचाउन मद्दत गर्छ।

 

 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal