मेल्बोर्न नेप्लीज समाज र आईन्स्टाईन ईन्टरनेसनल एडुकेसन सर्भिसको सँयुक्त प्रयासमा यहि २९ अगस्त का दिन मेल्बोर्न म्युजीकल नाईट हुने भएको छ।
नेपाली सुगम सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक शिव परियारको साथमा अहिलेको बहुचर्चीत गीत पानी पर्यो अशीना झर्यो गीतका गायक अल्मोडा राना उप्रेतीको बेजोड प्रस्तुती रहने भएको छ।
शिव परियारको पागल बनायौ प्रिय, क्या दामी भो, उनी राम्री, शिर सजाउने जस्ता धेरै चर्चीत गीतहरुबाट नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रीय रहेका छन् भने अल्मोडाको पानी पर्यो असिना झर्यो अहिलेको चर्चीत गीतमा पर्छ भने केही समय अगाडी निकालीएको अल्मोडा फिचरीङ आयुष्का जुन त लाग्यो ताराले पनि धेरै दर्शक श्रोताले मन पराई दिनु भएको गीत हो। साथमा स्थानीय गायीका स्मृती पोखरेलको बेजोड प्रस्तुती रहने भएको छ।