eNepal

चक्रवातको प्रभाव नेपालमा हिजोदेखि देशभर भीषण बर्षा

२४ जेठ, काठमाडौं । अरब सागरमा विकसित शक्तिशाली चक्रवातको प्रभावले शुक्रबार प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विनाशकारी हावाहुरी नलाग्ने, तर मेघ गर्जन र चट्याङ सहित वर्षा हुने विभागको पूर्वानुमान छ ।

अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको छ । नेपाली समयअनुसार बुधबार दिउँसो पौने तीन बजेतिर भारतको महाराष्ट्र राज्यको तटिय क्षेत्रमा शक्तिशाली चक्रवातको रुपमा ठोक्किए पनि नेपालतर्फ वहने क्रममा यो कमजोर भइसकेको छ । कुनै पनि चक्रवात जमिनमा ठोक्किएपछि कमजोर हुन्छ ।

त्यसैले निसर्ग चक्रवातको प्रभाव भारतमा जस्तो शक्तिशाली नेपालमा हुँदैन । यद्यपि यसको प्रभाव बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको भन्दा बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद् शान्ति कँडेललका अनुसार निसर्ग चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने छ । शनिबारसम्म नेपालका अधिकांश स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षासमेत हुने उनले बताइन् ।

उच्च हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुने, नदीमा पानीको वहाव बढ्न सक्ने, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने र पहाडि भूभागमा पहिरोको समेत जोखिम हुने पूर्वानुमानसमेत गरिएको छ ।

निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा देखिइसकेको छ । त्यसैको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेश बाहेक बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal