eNepal

चलचित्र विकास बोर्डकाे अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निणर्य गरेको हो ।

दाहालले अब २ बर्ष विकास बोर्डको नेतृत्व गर्नेछन् । दाहाल चलचित्र विकास बोर्डको सदस्य समेत थिए । तत्कालिन अध्यक्ष केशव भट्टराइको निधन भएपछि विगत ६ महिनादेखि बोर्ड नेतृत्वविहिन भएको थियो ।

बोर्डको सदस्य पदमा रहेर अनुभव हासिल गरिसकेका निर्देशक दाहालले यो जटिल समयमा बोर्डमा चलचित्रकर्मीको हितका लागि काम गर्ने विश्वास गरिएको छ ।

नेपाली चलिचत्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका दयाराम दाहालले निर्देशन गरेको पछिल्लो चलचित्र ‘रानी’ हो । उनले ‘दौतरी, ठूल्दाई, चाँदनी, जंगे, ढुकढुकी, तँ त साह्रै विग्रिस नि बद्री, भरिया, दाइजो, जेठ कान्छो, अग्नी ज्वाला, भाग्य विधाता, दोबाटो, कर्मयोद्धा, अरबपति, दशगजा, फर्केर हेर्दा, कहाँ छौ कहाँ, म तिमी बिना मरिहाल्छु, नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि १० जनाको आवेदन परेको थियो । जसमा अन्तिम ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिश गरिएको थियो जसमा नायक भूवन केसी र सँस्कृतीविद राजेश थापा थिए ।

Related posts

Neteller Casino Sites: The Ultimate Guide to Protect and Convenient Online Gambling

अविलास

Blackjack Online For Money – Where to Gambling Online For Money?

अविलास

The Ultimate Guide to Free Live Roulette: Play and Win Without Investing a Dime

अविलास

The Rise of Bitcoin in the Casino Market

अविलास

FreeCell Klondike Solitaire

अविलास

How to Find Online Casino List For Real Money Games

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349