eNepal

गर्भास्थामा योगको महत्त्व

गर्भावस्थामा शारीरिक रुपले सक्रिय र मानसिक रुपले सकारात्मक हुनु जरुरी छ । सक्रियता भनेको समुचित शारीरिक क्रिया हो । गह्रौ वा बोझिलो काम गर्न हुँदैन । बेला-बेला विश्राम पनि आवश्यक हुन्छ ।

गर्भावस्थामा केही शारीरिक परिवर्तन हुन्छ। यसले शारीरिक र मानसिक दुवै रुपमा कतिपय समस्या पनि ल्याउने गर्छ । खुट्टा सुन्निने, कब्जियत हुने जस्ता समस्याहरू देखापर्न सक्छ । साथसाथै मनमा भय, तनाव पनि उत्पन्न हुन्छ ।

जबकि गर्भावस्थामा मन शान्त एवं प्रफुल्ल हुन जरुरी छ, सकारात्मक हुन जरुरी छ । यसका लागि योग, ध्यान र प्राणायाम सर्वोत्तम विकल्प हुनसक्छ । तर, सबै किसिमको योग आसन गर्भावस्थाका लागि उपयुक्त हुँदैन । त्यसैले यस्तो अवस्थाका कुन आसन गर्न हुन्छ र सकिन्छ । त्यहीअनुसार योग अभ्यास गर्न सकिन्छ । यद्यपि योग गर्नुअघि चिकित्सकसँग परामर्श भने गर्नैपर्छ । चिकित्सकको परामर्श र योग प्रशिक्षकको सहयोगमा मात्र योग गर्नुपर्छ । आफूखुसी भने योग गर्न उचित हुँदैन ।

गर्भावस्थामा गरिने योग अभ्यास, ध्यान एवं प्राणायामले मानसिक रुपमा आफूलाई शान्त र सन्तुलित राख्न मद्दत गर्छ । अनावश्यक तनाव, भयबाट मुक्त राख्नेछ । शारीरिक लाभ त छँदैछ । यसले गर्भको शिशुलाई समेत फाइदा पुग्छ। गर्भावस्थामा हुने शारीरिक परिवर्तन, हर्मोनल गडबडीलाई सन्तुलित राख्न पनि योगको भूमिका अहं हुन्छ ।

गर्भावस्थामा के कस्ता योग गर्ने त ?

शवासन

शवासन एक सरल योग आसन हो । आफूलाई एकदमै सहज हुने हिसाबले भुइँमा उत्तानो परेर सुत्नुपर्छ। हात खुट्टा सिधा र आँखा बन्द हुनुपर्छ। यो आसन गर्भवतीले नियमित रुपमा गर्न सक्छन् । यसबाट उनीहरूमा मानसिक समस्या कम हुन्छ । गर्भको शिशुको विकासमा पनि फाइदा गर्छ ।

कोणासन

कोणासनको दुईवटा फाइदा छन् । एक त यसले मेरुदण्डको हड्डी बलियो बनाउँछ । अर्को चाहिँ रक्तसञ्चार राम्ररी सुचारु गराउँछ । साथसाथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। खासगरी गर्भावस्थामा हुने कब्जियतबाट मुक्त दिलाउनका लागि कोणासन उचित हुन्छ ।

ताडासन

गर्भवती महिलाको लागि ताडासन योग धेरै लाभदायक हुन्छ । यसले मेरुदण्डको हड्डी बलियो बनाउनुको साथै ढाड दुख्ने समस्याबाट पनि राहत पुग्छ । यस आसन गर्भावस्थाको सुरुको ६ महिनासम्म गर्न सकिन्छ ।

मार्जरी आसन,

यो आसन क्याट पोजको नामले पनि प्रचलित छ । यस आसन गर्नाले मेरुदण्डमा तागत र शरीरमा लचिलोपन आउँछ । रक्तसञ्चार राम्रो हुनुको साथै पाचन प्रणाली पनि राम्रो हुन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349