eNepal

८ लाखको लागि नि:शुल्क बिजुली:-बर्षमान पुन

काठमाडौं सरकारले आम नागरिकको हितलाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेटमा सम्बोधन गरेको सबैभन्दा महत्वपूर्णविषय हो, ‘१० यूनिटसम्म विद्युत् उपभोग गर्नेलाई निःशुल्क दिने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्न थालेदेखि नै आधारभूत वर्गलाई केही केही राहत दिनुपर्छ भन्ने सोचराखेका वर्षमान पुनअनन्तको सपना आउँदो आर्थिक वर्षको बाजेटदेखि भने पूरा हुने भएको बजेटमा यो व्यवस्था समेटिएको

विशेष गरी कम आय भएका, ग्रामीण क्षेत्रमा बस्ने अझ भनौ महसुल तिर्न नसक्ने कमजोर वर्गलाई उज्यालोमा राख्ने लक्ष्यका साथऊर्जा मन्त्रालयले सो प्रस्ताव विगत लामो समयदेखि अगाडि बढाएको थियो

ऊर्जा मन्त्रीको प्रस्तावले प्रत्यक्ष रुपमा आठ लाख ग्राहकले सहजै राहत पाउँछन् जो ग्रामीण क्षेत्रमा बस्छन्, जसका लागि महिनादिनभरी बत्ती बाल्दासमेत १० युनिट समेत पुग्दैन उनीहरुले १० यूनिट भन्दा कम बत्ती बालेपनि न्यूनतम २० युनिटसम्मको महसुल तिर्दैआएका थिए

बाल्दै नबालेको विद्युत्को समेत महसुल तिर्नु पर्दा कमजोर आय भएका नागरिकलाई मर्का पर्दै आएको थियो सरकारको पछिल्लोनिर्णयले कम विद्युत् प्रयोग गर्ने वा महसुल तिर्न नसक्ने गरिब जनतालाई विशेष हित गर्ने भएको  

कोरोनाको सक्रमणका कारण देश लकाडाउनमा रहेको बेला नकारात्मक अवस्थाबाट आम जनताको हितमा भएको यो महत्वपूर्ण निर्णयहो नकरात्मकताले सकरात्मकता जन्माउँछ भने जस्तै ऊर्जा मन्त्रालयले विपद्को समयमा नै जनताको पक्षमा यस खालको निर्णय गरेरगरिखाने वर्गलाई राहत दिएको हो

ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा लाख ग्राहकको पक्षमा यसअघि कहिल्यै पनि यसखालको निर्णय हुन सकेको थिएन ऊर्जा मन्त्रीपुनका अनुसार कम विद्युत् प्रयोग गर्नेलाई निःशुल्क दिने भन्ने निर्णय बल्ल कार्यान्वयनमा जान लागेको

सरकारको पछिल्लो निर्णय पछि नेपाल विद्युत प्राधिकरणका आठ लाख घरेलु ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएकाछन्

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा यही जेठ १५ गते बिहीबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटवक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख जुनऊर्जा, तथा जलस्रोत मन्त्रालयको प्रस्ताव कार्यान्वयनमा आएको हो प्राधिकरणका कूल ४२ लाख ग्राहक मध्ये लाख ग्राहकलेमासिक १० युनिट भन्दा कम विद्युत् उपभोग गर्छन

ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलश्रोत तथासिंचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो

कूल लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत लाइन काट्दै आएको थियो छुट पाउनेहरु अतिविपन्न हुन ”, मन्त्री पुनले भने, “विपन्नहरुलाई राहत होस् भन्नका लागि बजेटमै १० युनिटभन्दा कम उपभोग गर्ने ग्राहकलाई निःशुल्कविद्युत उपलब्ध गराइएको हो

नेपालको इतिहासमै लक्षित ग्राहकका लागि विद्युत निःशुल्क भएको यो पहिलोपटक हो आगामी साउनदेखि नै यो व्यवस्थाकार्यान्वयनमा आउने मन्त्री पुनका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) का कारण गतचैतदेखि सबै प्रकारका विद्युत प्रयोगकर्ता ग्राहकलाई दिइँदै आएको २५ प्रतिशत छुट पनि लकडाउन अन्त्य नहुँदासम्मका लागि निरन्तरतादिइने

छुट पाउँदैछन खानेपानीका ग्राहकले

खानेपानीका लागि प्रयोग हुने बिजुलीको डिमाण्ड चार्ज (न्यूनतम शुल्क) मा छुट दिने व्यवस्था गरिएको खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), देशभरका खानेपानी कार्यालय खानेपानी उपभोक्ता समितिहरुले वितरण गर्नेपानीको विद्युत महसुलमा न्यूतम शुल्क मिनाहा हुनेछ

खास गरी सहरी क्षेत्रमा डिप बोरिङमार्फत पानी संकलन गरी वितरण गर्ने निकायले विद्युत प्रयोग गर्दै आएका छन् न्यूनतम शुल्क मात्रमिनाहा गर्दा पनि विद्युत प्राधिकरणलाई रु १७ करोड व्यभार भने पर्छ सिधै पानीका उपभोक्ताले लाभ पाउने भएकाले डिमाण्ड शुल्कमाछुट दिने नीतिगत व्यवस्था मिलाइएको मन्त्री पुनको भनाइ

औद्योगिक क्षेत्र सो भन्दा बाहिरका ठूला, मझौला , साना घरेलु गरी सबै प्रकारका औद्योगिक ग्राहकले न्यूनतम शुल्कमा पूरै छुट पाउनेछन्

यस्तै उद्योगहरुको इनर्जी चार्जमा रातिको (अफ पिक) समयमा प्रयोग हुने विद्युत शुल्कमा ५० प्रतिशत छुट दिइने भएको त्यसो गर्दाप्राधिकरणले रु अर्ब ७५ करोड व्ययभार हुनेछ नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६/०७७ मा रु अर्ब ७३ करोड खुदनाफा आर्जन गरेकाले शुल्क मिनाहा छुट दिँदा पनि संस्थानको आर्थिक स्वास्थ्यमा प्रतिकूल प्रभाव नपर्ने विश्वास ऊर्जा मन्त्री पुनको

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal