जुम्ला — दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामाबिहीबार दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभदेखिएको हो ।
दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एकसय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १०पुगेको छ ।
मुगुका संक्रमित भने खत्याडका रहेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ पुष्टि भएका संक्रमितको संख्या २ सय १३पुगेको छ ।