एजेन्सी, जेठ २२
स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख फरवार्ड लिओनल मेस्सी प्रशिक्षणक्रममा घाइते भएका छन् । स्पेनका अधिकांशसञ्चारमाध्यमले कप्तान मेस्सी मंगलबार प्रशिक्षण्क्रममा घाइते भएको र बुधबार प्रशिक्षणमा सोमल नभएको जनाएका छन् । मंगलबारमेस्सी टोलीसँगै प्रशिक्षणमा थिए ।
विभिन्न रिपोर्टअनुसार मेस्सी ‘मसल इन्जुरी’बाट पीडित बनेका छन् । सामूहिक प्रशिक्षणक्रममा उनले चोट बोकेका हुन् । बुधबार उनको‘एमआरआई’ जाँच गरिएको जनाइएको छ । केही मिडियाले मेस्सीको चोट सामान्य रहेको भन्दै उनले शुक्रबार वा शनिबारबाट नियमितरूपमा प्रशिक्षण थाल्ने जनाएका छन् ।
तर, बार्सिलोना निकट मानिने एक पत्रिकाले भने मेस्सीले अब ला लिगा सुचारु भएपछिको पहिलो खेल खेल्ने सम्भावना ज्यदै न्यून हुनेखबर दिएको छ । मेस्सी प्रशिक्षणमा फर्किएको खण्डमा पनि थप जोखिम बढ्न नदिन प्रशिक्षकले मेस्सीलाई पहिलो खेलमा आराम दिनसक्नेछन् । मेस्सी यो सिजनको सुरुआतमा पनि पटक–पटक घाइते भएका थिए ।
ला लिगा जुन ११ बाट बन्द रंगशलामा सुरुचा हुँदैछ । बार्सिलोनाले कोरोना भाइरसपछि आफ्नो पहिलो खेल जुन १४ मा मालोर्सासँग अवेमैदानमा खेल्दैछ । बार्सिलोना हाल २७ खेलपछि ५८ अंकसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा छ ।