अष्ट्रेलियाका विभिन्न भागहरुमा खासगरी पश्चिम अस्टेलियामा भएको खडेरी, डढेलोका कारण उत्पादनमा कमी भएको र कोरोना महामारीका कारण बजार व्यवसाय ठप्प भएसँगै बेरोजगारी ह्वात्तै बढेकोले देश गम्भीर आर्थिक मन्दीतर्फ अगाडि बढेको अष्ट्रेलियाका ट्रेजरर जोश फ्राइडेनबर्गले बताएका छन्।
अस्ट्रेलियाको कुल घरेलु उत्पादन (जीडीपी) मार्चको क्वार्टरमा ०.३ प्रतिशतले संकुचित भएको छ।
कोरोना भाइरसका कारण अत्यावश्यक वाहेकका अरु व्यवसाय तथा सेवाहरु बन्द भएपछि अष्ट्रेलियामा यो अप्रिल महिनामा मात्रै करिब ६ लाख जनाले रोजगारी गुमाएका थिए ।
प्राकृतिक प्रकोप तथा महामारी आउनुभन्दा पहिलेदेखि नै अष्ट्रेलियाको अर्थतन्त्रले गति लिन नसकेको स्वीकार गर्दै उनले आर्थिक मन्दी आउनुमा व्यवसाय ठप्प हुनु, उत्पादनमा कमी र सरकारको ऋण बढ्नु मुख्य जिम्मेवार भएको बताए ।त्यस्तै घर खर्च पनि १.१ प्रतिशतले कमी भएको छ।
यो सन् २००८ डिसेम्बर पछिको पहिलो गिरावट हो।
सामाजिक दूरीका नियम लगाएत यात्रा प्रतिबन्ध लागू भएपछि सेवाहरूमा गरिने खर्चमा अभूतपूर्व गिरावट आएको र आवासमा लगानी घट्ने क्रम जारी छ। ग्रीष्मकालीन बुसफायरले पर्यटन गतिविधिमा ठूलो गिरावट ल्यायो, क्षेत्रीय क्षेत्रमा यात्रा, आवास र खाद्य सेवा लगायतका बिमा मार्फत १.४ अर्ब डलर भुक्तान गरिएको जनाएको छ।
त्यस्तै प्राकृतिक प्रकोपले पनि सरकारको खर्च बढाएको छ। सुरक्षा खर्च १.१ प्रतिशतले बढेको छ। सेनालाई सहयोग पुर्याइएको अवस्थामा र राज्य र स्थानीय सरकारको खर्च १.९ प्रतिशतले वृद्धि भएको छ।