eNepal

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भड्किएको आन्दोलन एकाएक शान्तीपूर्ण बन्दै

प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि उनको हत्या भएको भन्दै देशभरि प्रदर्शन भइरहेको छ । 

एक हप्ताअघि भएको घटनापछि गत हप्ताभरि हिंसात्मक आन्दोलन भइरहेकोमा अहिले शान्तिपूर्ण प्रदर्शन हुनथालेको छ। अफ्रिकी अमेरिकी ती व्यक्तिलाई न्याय दिलाउन माग गर्दै हजारौँ प्रदर्शनकारीले देशभरि प्रदर्शन गर्दैआइरहेका छन् । 

आन्दोलन हिंसात्मक हुँदैगएपछि सरकारले देशका ४० भन्दा बढी शहरमा कर्फ्यु आदेश जारी गरेको थियो । कतिपय ठाउँमा कर्फ्यु तोडेर प्रदर्शनकारीहरूले आन्दोलनलाई चर्काउँदै लगेका थिए । 

प्रदर्शनकारी र प्रहरीका बीचमा धेरै ठाउँमा झडप भएका थिए भने आन्दोलनका क्रममा कम्तीमा एक जनाको मृत्यु पनि भएको छ । यस बीचमा हजारौँ पक्राउ परेका छन् भने सयौँ घाइते भएका छन् । 

तर बुधबार बिहान भने देशभरि हजारौँ व्यक्तिले सडकमा शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ । मृतक फ्लोयडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेकाले हिंसात्मक हुँदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण बनेको हो ।

Photo: (Mario Tama / Getty Images)

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal