काठमाडौं- सरकारले हालसम्म २ लाख ६ सय ४६ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८० हजार २ सय ६७ जनाको पिसिआर र १ लाख २० हजार ३ सय ७९ जनाको आरडिटी विधिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । पछिल्लाे २४ घण्टामा ४ हजार ९ सय २४ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ । त्यस्तै हाल १ लाख ५५ हजार ८ सय ६८ जनालाई क्वारेन्टाइनमा राखिएकाे मन्त्रालयले जनाएकाे छ ।