कहिले तरबार उठाउछ
कहिले घरबार उठाउछ
प्रेम गर्नेहरुलाई
यो समाज बिष पिलाउछ
प्रेम श्वासको बन्धन
प्रेम मुटुको धड्कन
प्रेम कल्पनाको दर्पण
प्रेम जिबनको समर्पण
यो नदिको किनारमा
यो उच्च शिखरमा
यो गिताको सारमा
यो शृष्टिको संसारमा
यसको पुजा जसले गर्छ
उसलाई दोषी बनाउछ
प्रेम गर्नेहरुलाई
यो समाज बिष पिलाउछ
प्रेम रङ्गहरुको बादल
प्रेम आँखाको गाजल
प्रेम भवराको चंचल
प्रेम प्रकृतिको आँचल
प्रेम शिरको कुमकुम
प्रेम म
प्रेम तिमी
प्रेम पाउजुको छमछम
प्रेम बर्षाको रिमझिम
जहाँ फुलको बिस्त्रा छ
त्यहा काडा बिछ्याउछ
प्रेम गर्नेहरुलाई
यो समाज बीष पिलाउछ
कहिले तरबार उठाउछ
कहिले घरबार उठाउछ
प्रेम गर्नेहरुलाई
यो समाज बीष पिलाउछ !!
माधव अधिकारी