एजेन्सी – ब्राजिली स्टार डिफेन्सिभ मिडफिल्डर क्यासमिरोले स्पेनिस क्लब रियल म्याड्रिडसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । क्यासमिरोको केही महिना अघि नै क्लबसँग सम्झौता नवीकरण गरिसकेको क्लबले जनाएको छ ।
नयाँ सम्झौता अनुसार क्यासमिरो २०२३ सम्म म्याड्रिडमै रहनेछन् । क्यासमिरोको सम्झौता २०२१ को समरसम्म रहेको थियो । २८ वर्षे क्यासमिरोले प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा लगातार पहिलो रोजाईमा स्थान बनाइरहेको छ । क्यासमिरोले यो सिजन रियलबाट सबै ३५ खेल खेल्दा समान ४ गोल र ४ असिस्ट दिएका छन् । उनले लगातार प्रशिक्षक जिदानको मन जित्न सफल भइरहेको छ ।
स्पेनिस पत्रिका मार्काका अनुसार रियलले क्यासमिरोलाई थप ३ वर्षको लागि सम्झौता नवीकरण भइसकेको छ । तर, क्लबले यो सम्झौतालाई सार्वजनिक गरेको छैन । २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा आएका क्यासमिरो पहिलो सिजनमा रिजर्भ टिममा रहेका क्यासमिरो अर्काे सिजन लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए ।
रियलमा जिदान प्रशिक्षक भएपछि क्यासमिरोको प्रतिभा देखेर उनलाई क्लबमा फिर्ता ल्याएको थियो । त्यसपछि भने क्यासमिरो टोलीको महत्वपुर्ण सदस्यको रुपमा स्थापित भइसकेका छन् । २०१३ देखि रियलमा रहेका क्यासमिरोले २२९ खेलमा २२ गोल गरेका छन् ।
रियलले तीन सिजन (२०१६, २०१७ र २०१८) मा च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गर्दा र २०१७ मा स्पेनिस ला लिगाको उपाधि जित्दा क्यासमिरोले टोनी क्रुस र लुका मोड्रिचसँग मिडफिल्डमा प्रभावकारी भुमिका निभाएका थिए ।
लामो रेन्जबाट गोल गर्ने अद्भुत क्षमता भएका क्यासमिरोले २०१७ मा कार्डिफमा भएको फाइनलमा युभेन्टसमाथि ४–१ को जित निकालेको खेलमा त्यस्तै अविश्वसनीय र महत्वपुर्ण गोल गरेका थिए । खेल १–१ गोलको बराबरीमा रहँदा क्यासमिरोले महत्वपुर्ण समयमा गोल गर्दै खेललाई उल्ट्याएका थिए ।
क्यासमिरोलाई गत सिजन फ्रेन्च क्लब पीएसजीले अनुबन्धको प्रयास गरेपनि सफल हुन सकेको थिएन । रियलमा नयाँ सम्झौता गरेसँगै पीएसजीले क्यासमिरो सम्झौताबाट हात झिक्नेछ । २०११ देखि ब्राजिली टोलीमा रहेका क्यासमिरोले ब्राजिलका लागि ४४ क्याप जित्दै ४ गोल गरेका छन् । गतवर्ष घरेलु भुमिमा आयोजना भएको कोपा अमेरिका ब्राजिलले जित्दा क्यासमिरोले ३ गोल गरेका थिए ।