eNepal

धनगढीमा भगवती ले जन्माइन तीन छोरा

जेठ २०  धनगढी : धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी छन्।

शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० ग्राम रहेको छ।

अस्पतालले पहिलो र दोस्रो शिशुलाई डिस्चार्ज गरिसकेको छ भने तेस्रो शिशुमा सामान्य समस्या भएकाले भोली सम्ममा डिस्चार्ज गर्ने तयारी रहेको उनकी सासु जुनदेवीले बताईन्। यसअघि भगवतीकी तीन छोरी छन्।

निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले विष्टको शल्यक्रिया गरेका थिए।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal