मुलुकमा थप २ सय ८८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारपछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ८८ संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ७० पुरुष र १८ महिला छन् ।
यसैबीच आज मात्र कोरोना संक्रमणबाट निको भइ उपचार पछि ४२ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । योसंगै हालसम्मनेपालमा कुल २ सय ६६ जना निको भइ घर फर्केका छन् ।