एजेन्सी, जेठ २०
स्पेनिस फुटबल क्लब रियल मड्रिडले घरेलु लिग ला लिगाका यो सिजनका बाँकी खेल घरेलु रंगशालामा नखेल्ने भएको छ । उसले एकअफिसियल प्रेस नोट जारी गर्दै कोरोना भाइरसपछि पुनः लिग सुचारु हुँदा लिगअन्तर्गत होम ग्राउन्डमा खेल्ने कुनै पनि खेल घरेलुरंगशालामा सान्टियागो बर्नोबेउमा नखेल्ने बताएको छ ।
रियलले हाल बेर्नाबेउ रंगशालामा पुनर्निर्माण कार्य गरिरहेकाले लिगका बाँकी खेल सो मैदानमा नखेल्ने भएको हो । यसको साटो उसलेला लिगाअन्तर्गत खेल्नुपर्ने होम ग्राउन्डका खेल आफ्नो प्रशिक्षण गर्ने मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा खेल्नेछ । सो मैदानरियलको ट्रेनिङ सेन्टर भए पनि त्यहाँ ला लिगाका खेल खेलाउने मापदण्ड पूरा छ ।
हाल कोरोना भाइरसका कारण ला लिगाका खेल दर्शकबिना खाली रंगशलामा खेलाउनुपर्ने हुँदा पनि रियलले प्रशिक्षण गर्ने ठाउँमा खेलखेलाउन लागेको हो । दर्शकबिना ट्रेनिङ सेन्टरमै खेलाउँदा उचित हुने भएपछि रियलले यस्तो घोषणा गरेको हो । कोरोनाका कारणफुटबल नहुँदाको खाली समयमा रियलले आफ्नो रंगशाला पुनर्निर्माण कार्य गरिरहेको छ । उसले सक्दो चाँडो यो काम सकेर नयाँसिजनका लागि रंगशाला तयार पार्नका लागि पनि अहिले धमाधम काम गरिरहेको छ ।
रियल हाल ला लिगामा २७ खेल सकिँदा ५६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । २ अंक बढी भएको बार्सिलोना सबैभन्दाशीर्ष स्थानमा रहेको छ । ला लिगामा अब अन्तिम चरणका ११ खेल बाँकी छन् ।