जेठ २० काठमाडौ – रुकुमको चौरजहारी ८ मा नवराज विकलगायतको हत्याप्रकरणको निश्पक्ष छानको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा दिनहुँ विरोध कार्यक्रम भइरहेको छन् ।
सोमबार पनि संयुक्त राजनीतिक संघर्ष समितिले माइतीघरमा विरोधको कार्यक्रम आयोजना गरेका थिए ।
संघर्ष समितिले रुकुम पश्चिममा जाजरकोटका दलित र गैर दलित युवाहरुको नरसंहारका विरुद्ध र हत्या भएका युवाहरूले जबसम्म न्याय पाउँदैनन् तबसम्म निरन्तर संघर्ष गर्ने बताएको छ ।
नवराजको अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा ५ जना युवाहरुको रुकुमको चौरजहारी नगरपालिका ८ सोतीका गाउँलेले लखेटेर हत्या गरेका थिए । एक युवा अझै बेपत्ता छन् । रुकुममा भएको जघन्य अपराधविरुद्ध देश भरका दलित र गैरदलित प्रदर्शनमा उत्रेका छन्