जेठ २० काठमाडौ -संकटको यो घडीमा हामीले व्यक्तिगत रुपमा, सामुदायिक रुपमा पनि केही न केही सहयोग गर्नुपर्ने अवस्था छ । आफ्ना टोल–छिमेकमा कोही त्यस्ता छन् भने आफुले सक्ने सहयोग गरौं । सहयोगका लागि आह्वान गरौं । स्थानिय समाजको अग्रसरतामा उनीहरुलाई खाने र बस्ने व्यवस्था गरौं । अस्पताल जानुपर्ने अवस्थाका, औषधि–उपचारको अभाव खेपिरहेकाहरुलाई के–कसरी सहयोग गर्न सकिन्छ, जुटौं ।
यस्तै मनसाय साथ डिमान्ड पाथ अन्तर्राष्ट्रिय सस्थाले अहिले दैनिक जसो पशुपति क्षेत्रमा खाना खुवाउने ब्यबस्था गरेको छ दैनिक ७ सय जति लाई गरिब तथा असहाय लाई खाना खुवाउदै आएको सस्थाका नेपाल शाखा कि प्रतिनिधि बताउनु भयो । पर्दा त गर्ने हो यो अप्ठ्यारोमा सहयोग गर्न पाएको आफुलाइ खुसी अनुभुती भएको जानकारी गराउनु भयो ।
हुन त कतिपय बटुवालाई अहिले बाटो–बाटोमा खानपिनको व्यवस्था गरिएको पाइन्छ । उनीहरु कहाँबाट आएका हुन्, कहाँसम्म पुग्ने हुन्, कस्तो अवस्थामा छन् ? बुझौं । स्थानिय प्रशासनसँग समन्वय गरेर आवश्यक परेको सहयोग गरौं डिमान्ड पाथ सस्था कि प्रतिनिधि भन्नुभयो ।