eNepal

अर्घाखाँचीमा तरकारी बाट कोरोना सर्ने भन्दै प्रशासनको सहयोगमा तरकारी डपिङ्ग साइडमा फ्याकियो

अशोक टन्डन -जेठ १९ सोमबार
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा कपिलवस्तुका किसानले उत्पादन गरेको तरकारीलाई कोरोना सर्ने भन्दै डम्पिङसाइडमा फालिएको छ ।

छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबाट बिक्री–वितरणका लागि ल्याइएको हरियो तरकारीहरू बोडी, करेला, लौका, घिरौँला, टमाटर र खुर्सानी कोरोना सर्ने आशंका भन्दै प्रहरीको उपस्थितिमा नष्ट गरिएको हो ।

आलु, प्याजको नाममा हरियो तरकारी भित्र्याउने काम भएको भन्दै फलफूल व्यवसायी समिति विरोधमा उत्रिएको छ ।

समितिको निर्णयभन्दा बाहिर गएर व्यवसायीले काम गरेकाले तरकारी नष्ट गरेको अध्यक्ष रामहरि घिमिरेले बताए ।

तर, व्यवसायी किशोर बानियाँले भने आफूले सस्तो दरमा तरकारी उपलब्ध गराएकाले अरू तरकारी व्यवसायी विरोधमा उत्रिएको बताए ।

‘मैले सस्तोमा तरकारी बिक्री गर्दा विरोध भयो । मलाई फिर्ता गर्न भनेका थिए । मैले फिर्ता गर्दिनँ भनेपछि तरकारी नष्ट गरियो,’ उनले भने ।

जिल्लामा बसेको सर्वदलीय बैठकले छिमेकी जिल्लाहरूबाट हरियो तरकारी भित्रिन नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

उनले भने, ‘सर्वदलीय बैठकमा भएको निर्णयअनुसार कार्यान्वयन गरी व्यवसायीलाई तरकारी फिर्ता गर्ने आग्रह गरेको हो । तर, व्यवसायी आफैँले नष्ट गरेछन् ।’

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal