मेरो पनि दृढ सोच र अटल बिस्वास यो छ कि मानिसको पेशा फरक होला, आर्थिक असमानता हुनसक्छ अनि अबसरको हिसाबले बैद्दिक स्तर तलमाथि हुनसक्ला तर जातको हिसाबले कहिल्यै हुन सक्दैन-यदि हुन्छ भने अन्धविश्वास र कुसंस्कार बाहेक केहि हैन। जहासम्म मलाई लाग्छ- शैक्षिक, आर्थिक र नैतिक सशक्तिकरणले नै यो अन्धविश्वास र कुरितिको खाडल पूर्न सक्छ।त्यसैले मानव सशक्तिकरण नै बराबरी हैसियतको अचूक उपचार हो।
म त भन्छु, अहिलेका कथित पार्टीहरूले क्रान्तिकारीको हवाला दिएर दलित कोटा, आरक्षण आदि नाम दिएर यो असमानतालाई क़ानूनी रूपमा संस्थागत गरेका छन। यो कमज़ोरिलाई टाउकामा टेकेर राजनैतिक अभीष्ट पुरा गरेका छन।कोटा र आरक्षण प्रणालीबाट लाभलिन कुनै दलितलाई पनि हिचकिचाहट भएको अहिलेसम्म थाहा छैन र उहाँहरु गर्बसाथ आफ़नो थर भन्नुहुन्छ।त्यसैले के भन्न सकिन्छ भने समस्या जातमा हैन, अवसर र सशक्तिकरणको हो। Right man at right place नभई देश हैन केहि पनि बन्दैन।समस्या एउटा बाहुनको छोरोसंग दलितकी छोरिको बिबाह मात्र हैन, एउटी सम्पन्न र शिक्षित दलितकी छोरी पनि साधारण बाहुन केटासंग बिबाह गर्न राज़ी हुन्न। अर्को कुरा जात बदल्दैमा समानता आउने भए बाबुराम कामी हैन, नबराज भट्टराई/शर्मा/बस्नेत/कठायत/शाह/ राणा/ रिमाल आदि लेखूम।अग्रगामी छलांग मारौ न कामरेड किन यथास्थितिमा अल्झिने?
जातीय विभेद दन्दले होईन- प्रेम, आत्मसम्मान र सशक्तीकरणले निदान गरौ।
#Say_no_to_racism.
लेखक: उद्धव कठायत