eNepal

आज विभिन्न कार्यक्रम गर्दै स्वर्गीय पुर्ब राजा बिरेन्द्र प्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै

जेठ १९ सोमबार -तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएकाे छ ।

२०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

आजको कोरोना संक्रमण  विषम परिस्थिति मा गोकर्णस्वर नगरपालिका वडा न ६ नयाँ बस्ती युबा कल्ब मा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ,उत्त कार्यक्रम मा विभिन्न ब्यतित्व ले माल्यापर्ण गर्नु भएको छ ।  आज देशका विभिन्न ठाँउ मा विभिन्न कार्यक्रम गरि श्रद्धा सुमन ब्यक्त गरिएको छ ।आज देश भर बिभिन्न कार्यक्रम बिच स्वर्गीय पुर्बराजा बिरेन्द्र तथा उहाँको परिवार लाई सम्झने कार्यक्रम छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal