हिन्दुहरुको महान चाड बढा दशैंको अबसर पारेर अस्ट्रेलीयामा दशै साँझ २०७३ हुने भएको छ। मेल्बोर्नको नमस्ते ईभेन्ट्सले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम रहेको छ।परदेशमा बर्ष भरिकोको ब्यस्त जिवनबाट केही बिश्राम लिने समय अनि आफन्तहरुसँगको भेटघाटमा व्यस्तहुने समय दशैंको अबसर पारेर दशैं साँझ गर्न लागिएको हो।
महान चाडलाई मध्यनजर गरेर नेपाली मनहरुलाई केही रमाईलो मनोरन्जन गराउने हेतुले यो कार्यक्रम प्रस्तुत गर्न लागिएको हो।
नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कहिले भुपु राजा ज्ञानेन्द्र त कहिले लालबाबु पन्डीत बनेर दर्शकलाई पेट मिचीमिची हँसाउने हाँस्य व्यङ्ग्य कलाकार मनोज गजुरेलको साथमा पहिलो नेपाली ताराबाट नेपाली साङ्गीतिक तारा बन्न सफल नेपाली साकिराको उपनामले नेपाली साङ्गीतिक आकाशमा चिरपरिचीत गायीका ईन्दीरा जोशीको साथमा दशैं साँझ हुन लागेको हो।
मनोज गजुरेल आफ्ना हाँस्य प्रहसनबाटमात्र चिरपरिचीत नाम भएर कहिले पाल्पाली ढाका टोपी शिरैमा ढलल,टुडीखेलको करुवा तानसेनमा सरर भन्दै देश भक्तिका गीत गाएर हामी माँझ परिचीत छन्।उनी कहिले अरेबियन सेख,कहिले ईन्डीयन मोदी त कहिले कम्रेड प्रचण्ड भएर नेपाली माँझ लोकप्रिय भएका छन्।उनि सिस्नो पानी नेपालसँग पनि आबद्द छन्।
ईन्दीरा जोशी नेपाली युवा पीडीमाँझ कुनै नौलो नाम पक्कै होईन। बेली डान्समा पोख्त ईन्दीराको स्टेज अभिनय त्यस्तै दमदार हुने गर्छ।अहिले कि व्यस्त पार्स्व गायीका जोशीका उद्रेको चोली, चौबन्दी चोली अनि रातो घाँघरा, बेहुली जस्ता धेरै हिट गीतहरु रहेका छन्।दाईजो प्रथाको बिरोध गर्दै गाएकी दाईजो जस्तो सन्देश मुलक गीतपनि नेपाली दर्शक श्रोताले रुचाएको गीतमा पर्छ।
यीनै नेपाली लोकप्रिय सबै नेपालीले औधीनै मनपराईएका कलाकारद्वय मनोज गजुरेल र गायिका ईन्दीरा जोशीको साथमा आगामी २५ सेप्टेम्बर २०१६ मेल्वोर्नको ईस्टोनीया हाउसमा साँझ ६:०० बजे यो कार्यक्रम तय भएको छ।सबै नेपाली दर्शक श्रोताहरुलाई दशैको पावन अवसरमा एक छिन रमाईलो गर्न हाँस्न अनि नाँच्न नचाँउन सवैलाई चुले निम्तो दिदै नमस्ते ईभेन्ट्सले गरेको पहिलो कार्यक्रम सफल बनाईदिनु हुन सवै मेल्बोर्नवासी नेपालीहरुलाई नमस्ते ईभेन्ट्सका तर्फबाट विनोद मिश्रले आमन्त्ररण गर्नु भएको छ।