eNepal

दर्दानाक रुकुम हत्याकाण्डको बिरोधमा डा.बाबुराम भट्टराई सडकमा

१८ जेठ, शनिबार – रुकुम पश्चिममा दलित युवकको हत्याको विरोधमा आइतबार जनता समाजवादी पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा जनता समाजवादी पार्टीका नेता, विद्यार्थी र विभिन्न संगठनका प्रतिनिधि उपस्थित भई प्रदर्शन गरेका हुन् । उनीहरुले उक्त घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शन र धर्नामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु पनि सहभागी थिए ।

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए  । त्यस क्रममा विकसहित ५ जनाको मृत्यु  भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन्।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal