eNepal

देशको बर्तमान राजनीति परिवेशको ५ बुझ्न गाह्रो कुरो

१) परम्पराबादी धर्मबादी मधेसबादी राजाबादी अरु थुप्रै के के बादीले संविधान कार्यान्वयन गर्न नदिने भित्र भित्रै खेल खेलेको तथा बन्न नदिएकोले दुख चिन्ता लाग्यो भन्दै भाषण दिएर मंच तताउदै ताली र वाह वाह बटुल्दै आफू र आफ्नो पार्टी मात्र संविधान चाहने तथा कुनै पनि हालतमा कार्यान्वयन गरेरै छाड्छु भन्ने नेतागण र तिनकै पार्टिका कार्यकर्ताहरु त्यहि संविधानको ब्यबस्था अनुरुप हक अधिकारको उपयोग गर्दा यति धेरै बिलौना किन फेरि बुझ्नै गार्हो ??

२) यसरी सडकमा थुप्रीएर चिच्याउँदैमा राष्टप्रमुख चुनिने अल्पमतको सरकार टिक्ने अनि संबैधानिक शासन ब्यबस्थामा नै परिवर्तन गर्न सकिने हो भने त्यति लामो मधेश आन्दोलन अनि त्यत्रो धेरै मधेसी थारु तथा जनजाति जनताको बर्षौ देखिको माग अनि कति गरिब जनताको साहदद लाई ब्यर्थको आन्दोलन भन्दै बिरोध किन गर्ने बुझ्नै गार्हो ??

३) आफ्नो स्वार्थमा आवश्यक हुँदा I am with kp oli लेख्या लाखौं बस्त्रहरु एकै रातमा तयार भएर सुकिला मुकिला, धेरै शिक्षत तथा संबैधानिक शासन ब्यबस्थाको सबै धाराहरुमा कानुनिबिज्ञ जस्ता देखिने तथा आफुलाई संविधानबिज्ञ बताउने कार्यकर्ता बिधार्थी नेताहरुको हातहातमा पलभरमा देशभरी ओलि जि को फोटा भएको टिसर्ट छ्याप छ्याप्ती पुग्दो रहेछ भने देशमा महाभुकम्प गएको बर्ष बितिसक्दा सम्म भुकम्प पीडित बाढी पहिरो पीडितको आङमा एकसरो न्यानो कपडा र राहत प्रकृया पुग्न चाहिँ किन जुगौँ लाग्ने अझ त्यो पनि किस्ता बन्दिमा राहत दिने रे कति बर्षमा बन्ने हो ती भुकम्प पिडित बेसाहाराहरुको टहरो अनि छानो किस्ताको राहतको पर्खाईमा बुझ्न गार्हो ??

४) खै कस्तो राजनैतिक ब्यबस्था हो यो सडकबाट चिच्याउँदैमा र फेसबुकमा ओलिको जयजयकार तथा अन्य पार्टिका नेताको बिरोधि अनेक पोस्ट गर्दैमा कानुनी ब्यबस्था भन्दा माथी सडकको निर्णय हाबी हुने भए अरबौ रुपैया खर्च गरेर एक पटकमा असफल भैइयो भन्दै पुनः दोस्रो संविधानसभाको चुनाब गरि यतिका बर्ष लगाएर कति प्रधानमन्त्री मन्त्रीले बाघडोर समहाल्न दिदै र कति तलब भत्तामा देशको ढुकुटी रित्ताउदै नयाँ संविधानको पुस्तिका किन छपाई रहनुपर्थ्यो होला बुझ्न गार्हो ??

५) १७ पटक सम्म सहयोगको अपेक्षा गर्दै देशको नयाँ प्रधानमन्त्रीको लागि सक्षम छु भनेर पटकौ निर्वाचनमा उम्मेद्बारी दिदा साथ नदिएर असक्षम ब्यक्ती प्रमाणित गरेको बिपक्षी नेता रामचन्द्र पौडेललाई अहिले देशको माग तथा आवश्यक ब्यक्ती भन्दै प्रधानमन्त्री बनेर राष्टको बाघडोर सम्हाल्न प्रस्ताव तथा आफ्नो पुर्ण साथको आश्वासन ब्यक्त किन गर्या हो बुझ्न गार्हो ??
माधब अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349