eNepal

सरकारले क्षमता भन्दा माथी गएर वैदेशिक ऋण लिन खोज्यो:डा.मिलेन्द्र रिजाल

जेठ १८ आइतबार । छाया सरकारका अर्थमन्त्री तथा कांग्रेस नेता मीनेन्द्र रिजालले स्रोत व्यवस्थापनका लागि सरकारले लिने भनेको वैदेशिक ऋण कल्पना बाहिरको रहेको बताएका छन् ।

चालु आर्थिक वर्षमा १ खर्ब २१ अर्ब मात्रै वैदेशिक ऋण लिन सफल भएको सरकारले आगामी वर्षमा करिब ३ खर्ब वैदेशिक ऋण ल्याउन असम्भव रहेको उनले दाबी गरे ।

यता आन्तरिक ऋणको पनि लक्ष्य बढी भएको भन्दै यसको प्रभाव पुँजीगत खर्चमा पर्ने उनले बताए । सरकारले लक्ष्य अनुसार स्रोत व्यवस्थापन गर्न नसक्दा पुँजीगत खर्च कटौती हुने उनले बताए ।

बजेटले सार्वजनिक खर्च पुनरावलोकन समितिले सिफारिस गरेको अनावश्यक खर्च कटौती र संस्था खारेज गर्ने बजेटको व्यवस्था स्वागतयोग्य भएको उनले बताए ।

संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्रोत उठ्न नसक्दा त्यसको प्रभाव पुँजीगत खर्चमा पर्ने भएकाले सरकारले अहिलेको आवश्यकताअनुसार कोभिड १९ को माहामारी न्यूनीकरण गर्न स्वास्थ्य केन्द्रित बजेट ल्याएको दाबी गर्छन् । यस्तै कृषि क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने बजेटको उद्देश्य रहेको उनको भनाइ छ । यस्तै कृषि, रोजगारी र उद्योगमा बजेटको प्राथमिकतामा रहेको उनले बताए। कोरोनाबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्रका लागि सहुलियत कर्जाको व्यवस्था भएको ठूला राष्ट्रिय गौरवका आयोजना र विकास निमार्णलाई बजेटले निरन्तरता दिएको प्रशासनिक खर्चमा कटौती गरेको जस्ता राम्रा विषय बजेटमा समावेश भएको उनको दाबी छ ।
प्रशासनिक खर्चमा भएको कटौतीलाई कारोना रोकथाममा खर्च गर्ने उनको भनाइ छ ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal