eNepal

धूम्रपान प्रयोगकर्ता लाई कोरोना भाइरस संक्रमणले जोखिम बढाउने

एजेन्सी -स्वस्थ र दीर्घजीवी बन्न चाहनुहुन्छ ? त्यसो भए धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन आजै त्याग्नुहोस्। कोरोना भाइरस (कोभिड–१९) को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम भन्छन्, ‘धूमपानले कोरोना संक्रमणको जोखिम बढाउँछ। धूवाँले फोक्सोमा असर गर्छ। स्वासप्रश्वास प्रणालीमा क्षति पु¥याउँछ। रोग प्रतिरोधात्मक क्षमता घटाउँछ। त्यस्तालाई कोरोना संक्रमणले जटिलता ल्याउँछ।’
न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी), ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व धुम्रपान भएको डा. बमको भनाइ छ। सुर्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसक्ने हुँदा कोभिड १९ ले फोक्सोलाई झन बढी असर गर्ने डा. बमले बताए। श्वास प्रश्वासका साथै मस्तिष्क, मुटु र रक्त संचार प्रणालीलाई समेत धुम्रपानको सेवनबाट असर पुग्छ। क्यान्सर, दम, मुटुरोग, खोकी, मधुमेहजस्ता दीर्घ रोग लाग्नुका प्रमुख कारण पनि सुर्तीजन्य पदार्थ भएको चिकित्सकको भनाई छ।
सर्जिकल अङकोलोजी सोसाइटी अफ नेपालका अध्यक्ष एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेले धुमपानका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुँदा कोरोना संक्रमण भए मृत्यु हुने संभावना बढी भएको बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349