कबड्डी र कबड्डी कबड्डी जस्ता सफल चलचीत्र दिई सकेका निर्देशक रामबाबु गुरुङको अर्को चलचीत्रको टिजर रिलीज भएको छ। भक्त बहादुर भुजेल जो आफ्नो परिवारको गुजराको लागि बेगनास र रुपा तालमा डुङ्गा चलाउने गर्थे, आफ्नो दाईले डुङ्गा हडपे पछि के कस्तो कुराहरु सामना गर्न पर्यो। यहि बास्तबिकतालाई प्रदामा उठाउन खोजीएको छ। भक्त बहादुर भुजेलको रुपमा दयाहाङ राईले अभिनय गरेका छन् भने उसलाई साथ दिएकी छिन् प्रियङ्का कार्कीले। यसका अलावा मोवत्से गुरुङ, मेनका प्रधान, बुद्दी गुरुङ, पुस्कर गुरुङको पनि अभिनय रहेको छ।