जेठ १७
जर्मन फुटबल लिग बुन्डेसलिगामा आज २९औं चरणका खेल हुँदैछन् । आज जम्मा पाँच खेल हुनेछन् । आज हुने खेलमध्ये लिग लिडरबार्यन म्युनिख, शाल्केका खेल महत्त्वपूर्ण हुनेछन् । गत राति फ्रेइवर्ग आफ्नै घरमा बायर लेभरकुसेनसँग ०–१ ले पराजित भएको थियो ।
लिग लिडर बार्यन हाल अंक तालिकामा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डभन्दा स्पष्ट ७ अंकले अघि छ । यदि आज आफ्नो घरेलुमैदानमा हुने खेलमा ड्युजेलड्रफलाई स्पष्ट गोलअन्तरमा हराएर डर्टमुन्डले आफ्नो खेल नखेल्दासम्म बार्यनले १० अंकको अग्रता लिनेछ ।
हाल अंक तालिकामा २८ खेलपछि बार्यन ६४ अंक बनाएर शीर्ष स्थानमा छ । त्यसपछि डर्टमुन्ड ५७ अंकसहित दोस्रो स्थानमा छ ।लेभरकुसेन ५६ अंकसहित तेस्रोमा रहँदा लेइपजिग ५५ अंकसहित चौथो स्थानमा छ ।
खेल नेपाली समय अनुसार :-
मेन्ज भर्सेस होफेनहेइम – राति ७ः१५ बजे
उल्भ्सवर्ग भर्सेस फ्रान्कफुर्ट – राति ७ः१५ बजे
शाल्के भर्सेस वेर्डर – राति ७ः१५ बजे
हर्था भर्सेस अग्सवर्ग – राति ७ः१५ बजे
बार्यन म्युनिख भर्सेस ड्युजेलड्रफ – राति १०ः१५ बजे