eNepal

आज सप्तरीमा थप ९ जना कोरोना संक्रमित पुस्टि

जेठ १७ शनिबार -सप्तरीमा शनिबार एक महिला सहित थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । शनिबार डाकनेश्वरी नगरपालिकाका एक महिला सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबले जानकारी दिनुभयो ।

९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शनिबार थपिएका मध्ये सबै जना भारतवाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताउनुभयो । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको भएपनि जिल्लामा संक्रमितलाई राख्न आईसोलेसन कक्षको भने अभाव छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको र बाँकी संक्रमितलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा राखिंदा अन्यमा पनि कोरोना संक्रमण फैलिने खतरा बढेको छ । शनिबार साँझ सम्म नयाँ स्थानमा आईसोलेसन कक्ष बनाउने गरी तयारी भईरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनुभयो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal