eNepal

एक्सपर्ट फाउन्डेसनद्वारा एनआरएनए कोभिड १९ प्रभावित विद्यार्थी उच्चस्तरीय समितिलाई २० हजार डलर सहयोग

जेठ १७ शनिबार -एनआरएन अष्ट्रेलियाको अध्यक्षता (कोभिड १९) प्रभावित बिद्यार्थीको लागि सहयोग लागि उच्चस्तरीय समितिलाई एक्सपर्ट फाउन्डेसन ले २० हजार डलर सहयोग गरेको छ ।
हिजो एक कार्यक्रमका बिच एक्सपर्ट फाउन्डेसनका संरक्षकद्वय बद्री अर्याल र सन्जिब शर्माले उक्त चेक एनआरन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोख्रेल सहितको टिमलाइ हस्तान्तरण गरेको थियो।कार्यक्रममा एनआरएनसँग सम्बन्धित विभिन्न पदाधीकारिहरुको उपस्तिथि थियो।

कार्यक्रममा बोल्दै फाउन्डेसनका संरक्षक बद्री अर्याले नेपालमा भुकम्प गएपछि महसुस गरि स्थापना गरिएको फाउन्डेसन दुई बर्ष पूरा गरेको जानकारी दिदै हरेक सेबाग्राहीबाट एक हजार नेपाली १० अष्ट्रेलियन डलर फाउन्डेसन को कोषमा जाने ब्यबस्था मिलाई सामाजिक दायित्व पूरा गरेको जानकारी दिए।अर्का संरक्षक सन्जीव शर्माले बोल्दै एनआरएन अष्ट्रेलियाले गरेको कामको तारिफ गर्दै विभिन्न ५३ वटा संघसंस्थालाई ५१ हजार डलर दिइएको र करिब ६ सय विद्यार्थीहरुलाई १ लाख ७५ हजार डलर बराबरको ग्रोसरी भौचर प्रदान गरिएको जानकारी दिनु भयो ।
कार्यक्रम बोल्दै एनआरएन पदाधिकारी हरुले फाउन्डेसनले गरेको कार्यको उच्च मुल्यांकन गर्दै आगामी दिनमा पनि आपत बिपत पर्दा फाउन्डेसन सहयोग जारी राख्ने बिश्वास व्यक्त गरे।

उत्त अवसर मा बोल्दै एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोख्रेलले राहत कोषमा १ लाख डलर जम्मा भैसकेको र हाल सम्म १८ बिद्यार्थीलाइ खाना ब्यबस्था गरेको करिब ३ हजार विद्यार्थीले राहत उपलब्ध गराउन निवेदन दिएको जानाकारी गराउनु भयो।यस्तै एनआरन अष्ट्रेलियाका उपाध्यक्ष देब गुरुङले एक्सपर्टको सहयोगले फिल्डमा काम गर्ने सबैमा हौसला थपिएको जानाकारी गराउनु भयो । एनआरएनका अरु पदाधिकारीहरुले फाउन्डेसन सहयोगले थप अरु काम गर्न उर्जा मिल्ने मन्तव्य राख्नुभएको थियो ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal