मैले नेपाली भाषा बोल्न ३/४ कक्षा पछि सिकेको हुँ । मेरी आमालाई अहिले पनि आउँदैन नेपाली बोल्न। बैतडी, बाजुरा, हुम्ला, कालिकोटतिरका आधाभन्दा बढीलाई न त तिमिहरुको जस्तो ‘स्डान्डर्ड’ नेपाली आउँछ, न उनीहरुलाई काठमाण्डु, नेपाल, नीति नियम थाहा छ । गणतन्त्रले नेपाली जनताको मनोबल बढाएको छ । संघीयताका धेरै वेफाइदाबीच पनि यसले दूरदराजलाई राज्य चिनाउँदैछ । तर यहाँ काठमाण्डुमा एउटा USAID/UKAID/DFID प्रशिक्षित शोषक जमात छ जसलाई रुकुममा युवकहरुको हत्यामा ‘बाहुनवाद’ देखिन्छ, माननीय झोवा विकको संसद संवोधनमा हाँसो उठ्छ र संसदमा महेन्द्र राय यादवले भाषण गर्दा उसलाई विहारी देख्छ । यीनीहरुलाई फेशबुकमा लाईक र ‘प्रगतिशीलताको पहिचान’ चाहिएको छ । सिंगो नेपाल चाहिएको छैन ।
झोवा विकलाई जसले मजाकमा उडाइरहेका छन् । एउटी साहसिक, इमान्दार महिला नेतृ त्यो पनि तिमिहरुकै भाषामा दलित, उनलाई काठमाण्डुको सभ्य समाजले जसरि हाँसोको पात्र बनाएको छ यो अति दुःखद छ ।
अचम्म त के छ भने माननीय झोवा विकको बोलीमा हाँसो उडाउने तिनै छन जसलाई अस्ति रुकुमको घटनाको कारण ‘ब्ह्रामणवाद’ हो भन्ने लाग्छ । अस्ति जुन सामन्ति मानसिकताका ‘सत्तारुढ माउवादी’ले ती युवकहरुको हत्या गरे, तिनिहरुको सामन्तवाद र फेशबुकमा झोवा विकलाई ट्रोल गर्नेहरुको सामन्तवादमा रत्तिभर फरक छैन । न त रुकुम घटनामा ‘हिन्दु धर्म/व्ह्रामण समुदाय’ दोषि थियो न त झोवा विकलाई माननीय बन्ने अवशर दिने गणतन्त्र दोषि छ । दोषि हामी मानिसभित्रको ‘पाखण्ड’ हो । फेशबुकमा सजिलै रुकुम घटनामा बाहुनबाद देख्ने र झोवा विकलाई गवाँर देख्ने एकै मानसिकताका मान्छे हुन् ।
म बैतडीको त्यस्तो गाउँमा जन्मेको हुँ जहाँ तिन तिर क्षेत्रीहरु एकतिर दलितहरु र बीचगाँउमा एक परिवार गरीब बाहुन । त्यहाँ को दलित थियो र को शोषक थियो मैले भोगेको छु । मेरो गाउँका जो शोषक थिए ती ‘शासक’ थिए, अहिले रुकुममा ६ जना युवा मार्ने कोही मन्दिरका पुजारी र यजमानी गर्ने बाहुन थिएनन् । सामन्तवाद विरुद्ध लड्छु भनेर सत्तामा पुगेका माउवादी ठाकुरहरु थिए । यीनीहरु अहिलेका सामन्तवादी हुन् । नव सामन्तवाद नयाँ शासकहरुमा छ । सधैँ शासक सामन्ती हुन्छ कुनै बेला बाहुन थिए होला । अहिले हरेक राजनीतिक घटनालाई, हरेक अपराधका घटनालाई जात र धर्मको खोल लगाएर छुट्कारा पाउने र सानो तहमा भएपनि भैरहेको महिला, दलित, पिछडिएका वर्गको शसक्तिकरणलाई हाँसोमा उडाउनेहरुको पाखण्ड नयाँ नेपालको अवरोध हो । हिन्दु धर्म र बाहुन नयाँ नेपालका अवरोध हैनन् ।
Writer: Hari prasad Bhatt