eNepal

के उधमी ले पाँच प्रतिशत ब्याज मा कर्जा पाउलान् ?

जेठ १६ । सरकारले नयाँ बजेट मार्फत कोरोना प्रभावित उद्यमीलाई पाँच प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणामा सो को घोषणा गरेका छन् । बजेटका अधिकाँस कार्यक्रमहरु राम्रा मात्रै होइन अति राम्रा छन् । तर मुख्य प्रश्न घोषणा गरिएका कार्यक्रमहरुको कार्यान्वयन गर्न सक्छ त सरकारले ? मुलुक पुरै कोरोना सन्त्रासमा रुमल्लीएको छ । कोरोना प्रभावित व्यबसाय अधिकाँस व्यबसाय छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, होटल मात्रै होइन विभिन्न व्यापार, व्यबसाय र उद्योगहरु सबैजसो कोरोनाबाट प्रभावित छन् । अझ यसो भनौ केही आकस्मीक व्यबसाय बाहेक सबै नै कोरोना प्रभावित छन् ।

कोरोना प्रभावित को हो ?

नीजि क्षेत्रका विभिन्न संघसंस्थाले पटक पटक उठाएको आवाज यही हो कि सस्तो व्याजदरमा कर्जा आबश्यक पर्ने भो । वित्तीय क्षेत्रमा पाँच प्रतिशत व्याजलाई अति सस्तो व्याजको रुपमा लिइन्छ । अब प्रस्न उठ्छ पाँच प्रतिशत व्याजमा कर्जा कसलाई दिने हो ? यसको मापदण्ड के हो ? साथै सरकारले घरेलु उद्योग, मझौला उद्योग तथा लघुउद्यमशीलतालाई पनि पुनरकर्जाबाट सस्तो व्याजमा कर्जा दिने भनेको छ । यसको अर्थ लघुवित्त मार्फत काम गरेका उद्यमीले पनि सोही अनुसार कर्जा पाउने हुन वा होइनन् । अहिले बैंकबाट ऋण लैजाने र लघुवित्तबाट कर्जा निकाल्नेको संख्या लाखौ छ । कोरोनाको मारमा अधिकाँस उद्यमी परेका छन् । यसअर्थ अब प्रश्न उठ्छ उक्त कर्जा कतिसम्म र कसले पाउने हो ? यो विषय भने बहसको विषय बनेको छ । सरकारले यसलाई पुनरकर्जाको रुपमा मात्रै दिने हो या पूर्णकालीन कर्जाका रुपमा दिने हो ? पुनरकर्जा नै दिने हो भने पनि कुन कुन क्षेत्रले पाउने हो ? कर्जा र व्याजको विषयमा उठेको यो प्रश्न बहसमै सिमित हुन्छ या कार्यान्वयनजमा पनि आउन सक्ला।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal