१६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा जारी तनावको विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नभएको टिप्पणी गरेका छन् । उनले भारत र चीनको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको पुनः दोहो¥याएका पनि छन् ।
भारत र चीनबीच लद्दाख क्षेत्रमा सीमा विवाद भइरहेको बेला ट्रम्पको यो पछिल्लो अभिव्यक्ति आएको हो । बिहीबार ओभलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म केही सहयोग गर्न सक्छु भने मध्यस्थता गरिदिन तयार छु ।’
एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले मोदीसँग कुराकानी गरेको थिएँ । दुई देशबीचको तनावलाई लिएर भारत खुसी छैन । शायद चीन पनि खुसी छैन होला । चीनसँग जे भइरहेको छ, त्यसबाट मोदीको मुड ठीक छैन ।’
गत बुधबार राष्ट्रपति ट्रम्पले ट्वीट गरेर दुवै देशबीच सीमामा जारी तनाव समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनले लेखेका थिए, ‘उनीहरुलाई यदि यसबाट सहयोग मिल्छ भन्ने लाग्छ भने म यो काम गर्न सक्छु ’उनले भनेका छन।