धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग संकलन कार्य स्थगित गरेको छ । बस्ती निर्माणका लागि पूर्व निर्धारीत बजेट पुरा भइसकेकाले सहयोग संकलन कार्य स्थगित गरीएको फाउण्डेशनले जनाएको छ । बस्ती निर्माण गर्दै जाँदा कारणवस लागत वृद्धि भएमा फेरी सहयोगका लागि अपील गर्ने फाउण्डेशनको तयारी छ । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पूर्व निर्धारीत बजेट ५ करोड रुपैँया संकलन भइसकेको छ।
६५वटा घर र सामुदायीक भवनको निर्माण जसमा बालमैत्री र अपाङ्ग मैत्री अनि ग्रीन सीटी र क्लीन सीटीको अवधारणामा सिन्धुपलान्चोक जिल्लाको मेलम्ची नगरपालीका वडा नः ८को गीरान चौर बासीका लागि एकिकृत नमुना बस्तीको निर्माणकार्य जारी रहको छ। यसको निर्माण कार्य सकेर दशैँको घटस्थापनाको दिन गाउँलेलाई हस्तान्तरण गर्ने धुर्मुस सुन्तली फाउन्डेसनको योजना रहेको छ।