eNepal

शिर्षक: देशलाई पनि कामदार बेच्ने व्यापार भाको

बाध्यता नै होला खाडीमा चौकिदार भाको
पैसा-पैसा भन्दा भन्दै चाहनाको हार भाको

आफ्नै ठाउँमा गर्दा हुन्छ तेहि भन्छ दुनियाँ
खर्च चल्न छाडेर त सात-समुन्द्र पार भाको

चल्न सक्नेसम्म हुन्न खाडी छिर्ने रहर हाम्रो
नचाहेरै घोप्टेको श्रमिक किन्ने बजार भाको

रहर त पक्कै छैन बुझ्ने कसले बाध्यतालाई
देख्दैन्न आम्दानि भन्दा खर्चको भार भाको

खाडिको कमाईले जोड्न त त्यस्तै हो मित्र
मात्र घरब्यबहार चल्ने चलाउने सार भाको

रगत पसिनाको कमाईले उत्तम भएरै होला
देशलाई पनि कामदार बेच्ने व्यापार भाको

माधव अधिकारी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349