१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो वर्ष गत वर्षको भन्दा २२ अर्ब ९ करोडले बढी हो ।
स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रमको सञ्चालनको लागि यस वर्ष २८ अर्ब ३१ करोड ८२ लाख बजेट माग गरेको थियो भने अन्य नियमित कार्यक्रम र चालु खर्चका लागि ५४ अर्ब ८३ करोड प्रस्ताव पेश गरेको थियो ।