वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार बिहान साढे ११ बजे उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिएका छन् । ८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।
थापा लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । थापाले रचना गरेका घुम्तीमा नआऊ है, ए कान्छा ठट्टैमा यो वैंश लगायत घुम्तीमा नआउ है, पंक्षीमा डाँफे, जाग लम्क चम्क हे नौजवान हो लगायत सयौं लोकप्रिय छन्।
थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेख्नु भएको छ ।